महेन्द्रनगर । कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्थानिय सरकार एवं सरोकारवाला निकाय संग समन्वय वैठक सम्पन्न गरेको छ । निकुञ्जले गर्दै आएको कार्यक्रमहरु, चुनौती, समस्याहरु र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी प्रदान गरिएको थियो ।
आईतवार निकुञ्जसंग जोडिएका पालिकाका प्रमुख उपप्रमुख, जिल्ला प्रशासन कार्यालयका पदाधिकारी, सामुदायिक वन, मध्यवर्ती वनका पदाधिकारी र अन्य सरोकारवाल निकायहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी जनाएका पालिकाका प्रमुख उपप्रमुखहरुले पछिल्लो समय जनावर मानव विचको द्वन्द बढदै गएको र विकास निर्माणमा पनि निकुञ्ज र वने ऐनका कारणले निकै जटिलता रहेको बताएका थिए । वेदकोट नगरपालिकालका नगर प्रमुख भोजराज बोहराले सबै मिलेर निकुञ्जलाई संरक्षण गर्नु पर्ने बताउँदै निकुञ्जले पनि विकास निर्मांणको कार्यमा सहजिकरण गरिदिने भुमिका खेल्नु पर्ने बताउनु भयो ।
संरक्षण संगै निकुञ्ज संग जोडिएका गाँउवस्तीहरुलाई पनि सुरक्षित कसरी राख्न सपकन्छ भन्ने योजना बनाएर काम गरिनु पर्ने बताउनु भयो । संरक्षण संगै उहाँहरुको आयआर्जनमा वृद्धी गर्ने खालका योजनाहरु पनि लागु गरिनु पर्ने बताउनु भयो ।
दोधरा चादनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पछिल्लो समयमा जंगली जनावरको कारणले जिउधनको नोक्शानी बढी रहेको भएर त्यसको समाधानमा लाग्न जरुरी रहेको बताउनु भयो ।
लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल रानाले आफनो क्षेत्रमा उँखु किसानहरुको संख्या अत्यधिक रहेको भएर दैनिक हात्तीले खेतीलाई नोक्शानी गर्ने गरेको बताउनु भयो । हात्ती र मानव विच एक अर्कालाई हानी गर्ने निकै ठुलो समस्या रहेको बताउनु भयो ।
अहिले दैनिक किसानहरु त्रासमा बाच्नु पर्ने अवस्था रहेको अवस्थामा त्यसको रोकथामका लागी पालिका एक्लैले सम्भावना नभएको अवस्थामा सबैले मिलेर साथ र सहयोग गर्नु पर्ने बताउनु भयो । यसैगरी,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षक अधिकृत मनोज कुमार शाहले स्थानिय सरकार संग समन्वय र सहकार्यले दुवै पक्षलाई लाभान्वित हुने भएकाले सबै सरोकारवाला निकाय स्थानिय सरकारसंग समन्वय गरिएको बताउनु भयो । उक्त कार्यक्रममा राष्ट्रिय प्रकृती संरक्षण कोष शुकलाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले आफनो कार्यक्रमको विषयमा प्रस्तुती करण गर्नु भएको थियो ।
Comments are closed.