महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले सरोकारवाला निकायसंग छलफल गरेको छ । आईतवार एफएमको सभा हलमा रेडियोबाट प्रसारण हुने विपद, जलवायु परिवर्तन, मौसमका विषयमा कस्ता खालका कार्यक्रमहरु उत्पादन गरी प्रसारण गर्ने र कस्ता सामग्रीहरु सामाजिक संजालमा हाल्नका लागी पनि उपयुक्त हुन आउँछ भन्ने विषयमा छलफल भएको हो ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर दत्त भट्ट, नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत विनायक पौडेल, अकोर्याबका मेन्टर निखिल आचार्य, निड्स नेपालका परियोजना संयोजक ईश्वर उपाध्याय, सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका अध्यक्ष यज्ञराज चटौत, स्टेशन म्यानेजर जयराज जोशी, सह अध्यक्ष विष्णु अवश्थी, शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक बलबहादुर डगौरा, शुक्लाफाँटा एफएमका प्रमोटर देवदत्त ओझा, समाचार प्रमुख सुजित रमेश सिनाल, कार्यक्रम प्रस्तोता मनिषा फर्सवान, सहायक लेखा अधिकृत गिता उप्रेतीको सहभागिता रहेको थियो ।
सहभागी सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जलवायु परिवर्तन, मौसम र विपदको बारेमा ग्रामिण क्षेत्रमा रहेको स्थानियहरुलाई पनि जानकारी दिन सक्ने खालका कार्यक्रमहरु निर्माण गरिनु पर्ने बताउनु भयो । हामीले प्राकृतिक र गैर प्राकृतिक विपद्का बारेमा पनि जानकारी समेटेर आम जनतालाई सुचित गर्न सक्नु पर्ने र प्राकृतिक प्रकोप रोक्न नसके पनि त्यसबाट हुने क्षतिलाई कम गर्न सकिने बताउनु भयो ।
साथै मानवीय सिर्जित विपद्लाई रोक्न सकिने वातावरण तयार पार्ने खालका जनचेचतना मुलक कार्यक्रमहरु उत्पादन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले प्रकृति अनुकुल मानवीय क्रियाकलाप गर्नुपर्छ भनेर सचेत गराउने खालका कार्यक्रमहरु निर्माण गर्ने र प्रसारण गर्न उपयुक्त हुने बताउनु भयो । नेपालमा वन, प्रकृतिक स्रोत साधन धेरै भएको र यसको उपयुक्त रुपमा प्रयोग गर्न नजानेर पनि विपद बढी रहेको बताउनु भयो ।
साामाजिक सञ्जालमा राख्ने सामाग्रिहरु अध्ययन गरेर, तथ्य, विश्वासिलो हुन सके सरकारले पनि सहकार्य, सहयोग गर्ने र आम जनताहरुले पनि यसरी दिगोपना पनि हुन्छ । नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत विनायक पौडेलले अहिले चिशो बढी रहेको अवस्थामा त्यसलाई लक्षित गरेर शीतलहर, आगो ताप्ने बेला आगलागी, निसास्सीने डर, जाडोबाट बच्ने उपायहरुका विषयमा कार्यक्रम बनाउन उपयुक्त हुने बताउनु भयो ।
निड्स नेपालका परियोजना संयोजक ईश्वर उपाध्यायले विद्यालयलाई लक्षित गरे विद्यार्थीहरुलाई पनि समावेश गरी विभिन्न श्रव्यदृश्यहरुको निर्माण गरिनुपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर दत्त भट्टले विपदमा प्रहरीले उद्वार गर्ने र भुमिकाको विषयलाई समेटनु पर्ने बताउनु भयो ।
शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक बलबहादुर डगौराले विपद, महामारी जन्य प्रकोपबाट बच्ने उपायहरु विगतमा पुराना जिवनशैलीबाट पनि सिकेर अहिलको विपदसंग जुध्ने उपायहरु पनि खोजिनु पर्ने बताउनु भयो ।
अन्तमा रेडियोका अध्यक्ष यज्ञराज चटौतले आएका सल्लाह सुझाव अनुरुप नै रेडियो कार्यक्रम, श्रव्यदृश्य कार्यक्रमहरु निर्माण गर्ने र सबैको पहुँचमा पुग्ने गरी काम गरिने बताउनु भयो ।
Comments are closed.