महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ मा सुदूरपश्चिम पैरवी महिला संजालले सञ्जीवनी गारमेन्ट्सलाई संचालनमा ल्याएको हो । डिसिएको आर्थिक सहयोगमा सञ्जिवनी नेपालले संचालन गरेको वर्थ कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिकाको १९ वडाबाट महिलाहरुले अहिले उक्त गारमेन्ट्समा काम गरिरहनु भएको छ ।
पहिलेदेखी सिलाई कटाई गरिरहनु भएका र उक्त पेशा गर्न ईच्छुक १५ जना महिलाहरुले अहिले रोजगार पाउनु भएको छ । संस्थाले महिलाहरुलाई उद्यमी बनाउनका लागी विभिन्न तालिमहरु प्र्रदान गर्ने, व्यापार व्यवसाय गर्नका लागी पनि आर्थिक सहयोग र तालिमहरु दिएपछि अहिले महिलाहरुले आफैले विभिन्न व्यापार व्यवसायहरु, उद्यममा जोडिरहेका छन् ।
संस्थाका कार्यकारी निर्देशक नितु भट्टले परियोजनाको उदेश्य पनि वातावरण मैत्री जलवायु अनुकुलनसंग सम्बन्धित व्यवसाय व्यापार योजनाहरु रहेको बताउनु भयो । यो गारमेन्ट्समा पनि विभिन्न कपडाका झोलाहरु बनाईने जस्ले गर्दा बजारमा पाईने प्लाष्टिकका झोलाहरुको प्रयोगमा कमी ल्याउने, विभिन्न कपडाहरु, खादाहरु पनि बनाएर महिलाहरुलाई आर्थिक रुपमा कसरी शसक्त बनाउन सकिन्छ भन्ने विषयमा यो गारमेन्टस् को संचालन गरिएको बताउनु भयो ।
अहिले यो गारमेन्ट्समा सबै काम गर्ने ईच्छुक महिला दिदिबहिनीहरुलाई राखेर उहाँहरुले सिकेको सिपको उचित मुल्याङकन गर्ने, उहाँहरुलाई महिला उद्यमी बनाए। उहाँहरुले उत्पादन गरेको उत्पादनलाई बजारकिरण गरिने संस्थाका कार्यकारी निर्देशक भट्टले बताउनु भयो ।
अहिले भीमदत्त नगरपालिकाले “मेयर अन द स्पोट” कार्यक्रम मार्फत २ लाख ७३ हजार रुपैँया पनि सहयोग भएको डिसिएको आर्थिक सहयोग रहेको कार्यक्रम वर्थलाई सञ्जिवनी नेपालले संचालन गरिरहेको छ ।
उक्त गारमेन्ट्समा काम गरिरहनु भएकी ज्योती भट्टले आफुमा भएको सिपको उचित प्रयोग गरेर अहिले आफुहरुलाई संस्थाले गारमेन्ट्स खोलेर रोजगार दिएको बताउनु भयो । आफु लगायत १५ जना अन्य महिलाहरुले अहिले प्रत्यक्ष रोजगारी पाएको र आफनो घरपरिवारलाई पनि आर्थिक रुपमा राम्रो भएको उहाँले बताउनु भयो ।
Comments are closed.