महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट आएका युवाले पेस्तोल ताकेपछि लफडा भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा रहेको चादनी डान्सबारबाट पेस्तोल सहित चार जना भारतीय नागरिक पक्राउ हुन ।
भारतीय नागरिकहरुले चलाएको यु.के०६ ए.आर०८४६ नम्बर प्लेटको गाडी सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रहरी प्रवक्ता उमेश जोशीले बताएका छन् ।
पक्राउ पर्नेमा खटिमाको प्रेमनगर बस्ने ३१ बर्षका संजय जेठी,सोहि बस्ने ३४ बर्षका जिवन सिहं, बर्ष ३१ का कोमल विष्ट,बर्ष ३४ का उमेद सिहंं अधिकारीलाई नियन्त्रणमा लिएको प्रवक्ता जोशीले बताए । ति भारतीय नागरिकहरुले डान्सबार भित्र एकाएक नेपालीमाथि पेस्तोल ताकेपछी घटना सार्बजनिक भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रहरी प्रवक्ता उमेश जोशीले बताएका छन् ।
प्रवक्ता जोशीले हतियार सहित पक्राउ परेका ति भारतीय नागरिकले मापसे समेत गरेको र उनिहरुको साथबाट बरामद भएको हतियार लगाएत मालसमानको मुचुल्का तयार गरेर पक्राउ गरिएको बताए । सिमा नाका सुरक्षाकर्मीहरुको कडाई चेकजाच रहेको बेलामा कसरी हतियार नेपालमा प्रवेश गय्रो त ? भन्ने प्रश्नले स्थानिय चकित छन ।
भीमदत्त नगरपालिका ११ का महेश विष्टले सिमानाकामा आम जनतालर्य कडाइृको साथमा चेकजाँच हुन्छ, फेरी पनि भारतिय नागरिकहरु हतियारसहित नेपालमा प्रबेश गर्नु भनेको सुरक्षाकर्मीहरुमाथि नै प्रश्न चिन्ह खडा हुनु रहेको बताए ।
सिमानाकामा सामान ल्याउने नेपालीहरुलाई दुवै तर्फका सुरक्षाकर्मीहरुले कडाईको साथमा चेकजाँच गर्ने गरेको भएपनि यस्ता घटनाले नेपालीहरु नै असुरक्षित रहने खतरा बढेको स्थानियको भनाई रहेको छ ।
Comments are closed.