पत्रकार सिनालको उपचारमा कुवँर दम्पत्तीले गरे आर्थिक सहयोग

महेन्द्रनगर । पत्रकार सुजित सिनालको उपचारमा एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । हाल काठमाण्डौमा रहनु भएका कर्ण कुवँर र उहाँकी धर्म पत्नी कल्पना कुवँरले पत्रकार सिनाललाई नगद ७ हजार सहयोग गर्नु भएको हो ।

उहाँले बिरामी पत्रकार सिनाललाई अस्पतालमै पुगे स्वास्थ्य लाभका लागी नगद आर्थिक सहयोग गर्नु भएको हो । पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई अस्पतालमा भेटन पुगेर आर्थिक सहयोग गर्नु भएको हो ।

आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ । लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाको उपचारमा केही भएपनि सहजता होस भनेर उहाँले सहयोग गर्नु भएको हो । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।

सम्बन्धित

Comments are closed.