महेन्द्रनगर । काठमाण्डौमा उपचाररत पत्रकार सुजित सिनाललाई निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले आर्थिक सहयोग गरेका छन् । हाल काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई नगद ५ हजार रुपैँया सहयोग गरेका हुन् ।
पत्रकार सिनाललाई फोन मार्फत स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य लाभको कामनासहित स्वास्थ्य उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गरिएको बताए । साथै उनले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेको प्रती निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टलाई धन्यवाद व्यक्त गरेका छन् । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेको छ ।
Comments are closed.