जनकपुरका४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।

ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।

सम्बन्धित

Comments are closed.