महेन्द्रनगर । विपद प्रतिकार्यका लागि सामुदायिक पहल ४ दिने तालिम सम्पन्न भएको छ । प्रयाक्टिल एक्सनको साझेदारीमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल ( पेसवान ) द्वारा संचालित समुदायको लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम संचालन गरेको थियो ।
बैशाख १० गतेदेखी संचालनमा आएको तालिम शनिवार १३ गते सम्पन्न भएको हो । उक्त तालिममा भीमदत्त नगरपालिका वडा नं. १, २, १९, शुक्लाफाँटा नगरपालिका १२, बेलौरी नगरपालिका ५, पुनर्वास नगरपालिका २, ५ र लालझाडी गाउँपालिकाका ६ नं. वडा बाहेक अन्य ५ वडाका २८ जनाले सहभागिता जनाएका थिए ।
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का सदस्य हरीहर परियारले विपद्को जोखिमबाट सबैभन्दा बढी प्रभावित स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको र उक्त क्षेत्रमा रहेका सामुदायिक विपद समिति, खोज तथा उद्धार टोली र वडा स्तरीय विपद व्यवस्थापन समितिका सदस्यहरुलाई तालिम दिइएको बताउनु भयो ।
विपद हुनबाट रोक्नका लागी उनिहरुलाई ४ दिनसम्म विभिन्न विषयमा तालिमहरु प्रदानगरी दक्ष बनाई आज तालिमको समापन गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी एवम कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले तालिमबाट सिकेका ज्ञानहरुलाई आफनो समुदायमा विपद आउनु पूर्व र आएपछि प्रयोग गर्न आग्रह गर्नु भयो ।
तालिममा सहभागिता जनाएपछि आफुले आफैलाई ज्ञान सिपले तताएर आफुमा भएका ज्ञान सिप सिक्ने सिकाउने कार्य गरेको र महत्वपूर्ण विषय भनेको आफुले सिकेका सिप ज्ञानलाई व्यवहारमा लागु गरिएन भने व्यर्थ खेर जाने बताउनु भयो । त्यही भएर यसलाई व्यवहारमा लागु गर्ने अरुलाई पनि सिकाउने बताउनु भयो ।
‘यो तालिमबाट विपद् प्रतिरोध गर्ने क्षमता वृद्धि हुन्छ, त्यो भनेको विपद् सित लड्ने ज्ञान सीप प्राप्त हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेले बताउनु भयो । तालिम संयोजक लक्ष्मणदत्त भट्टले ४ दिन सम्म विपद पूर्व र विपद आएपछि कसरी समुदायमा पारिवारीक जिवन सुरक्षा दिनका लागी चाहिने सबै सिप सिकाएर दक्ष बनाएको बताउनु भयो ।
विपदमा जिवन बचाउने सामुदायिक उद्धारकर्ताहरुलाई सक्षम बनाएर केही प्रयोगात्मक कार्य पनि सिकाएर समुदायमा पठाउने उनिहरुलाई दक्ष बनाएर विपदमा ज्यान बचाउने सबै सिप ज्ञानहरु प्रदान गरिएको बताउनु भयो । साथै, तालिममा आगलागी, सवरी साधन दुर्घटना, बाढीलगायतका विपदबाट कसरी ज्यान जोगाउन सकिन्छ भनेर प्रयोगात्मक कार्य पनि गरेर देखाईएको र उहाँहरुले आफै उक्त कार्यमा संलग्न भएर सिप सिकेको उहाँले बताउनु भयो ।
सहभागी लालझाडी गाँउपालिका ३ की रेनुका चौधरीले यो तालिमले आफुलाई थप हौसला सिप ज्ञान प्रदान गरेको बताउनु भयो । ४ दिने तालिममा स्थानिय स्तरमा समुदायमा आपत विपदको बेलामा स्थानियमा उपलब्ध हुने स्रोत र साधनको प्रयोग गरेर ज्यान जोगाउन सकिने उद्धार गर्ने सिपहरु सिकेको बताउनु भयो ।
साथै आफनो क्षमताको पनि वृद्धी र विकास भएको बताउनु भयो । उक्त तालिममा विश्व प्रशाद जोशी, विनायक पौडेल, देवराज चटौत, प्रमराज मुडभरी र लक्ष्मणदत्त भट्टले सहजीकरण गर्नु भएको पेसवानका दमन बहादुर चन्दले बताउनु भयो ।
Comments are closed.