महेन्द्रनगर । कञ्चनपुरमा रहेको खाजा नास्ता उत्पादन सम्बन्धी ५ दिने तालिम सञ्चालनमा आएको छ । मानव अधिकारको लागी महिला एकल महिला समुह कञ्चनपुरको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा उत्तः तालिम शुक्रवारदेखी संचालनमा आएको हो ।
भीमदत्त नगरपालिकामा रहेको १९ वटै वडाका द्वन्द पिडित, विपन्न, एकल महिलाहरु, एकल महिलामा पनि विपन्न दलित महिलाहरुलाई प्राथमिक दिएर तालिमको आयोजना गरिएको संस्थाका सुदूरपश्चिम प्रदेश सचिव अध्यक्ष जानकी जोशीले बताउनु भयो । महिलाहरुलाई उत्पादन संग जोडेर सिप सिकाएर आर्थीक रुपमा सवलीकरण गरी महिलाहरुको उत्थान गर्ने योजना रहेको बताउनु भयो ।
उहाँहरुको परिवारमा पनि खर्चमा सहयोग गर्ने गरी केही अहम भुमिका रहने र समस्या पर्दा अरुसंग हात थाप्न नपर्ने उदेश्यका साथमा यो तालिमको आयोजना गरिएको उहाँको भनाई छ । सैद्धान्तिक सिप, व्यवहारिक सिप सिकाएर उहाँहरुलाई सानो पूँजीबाट व्यापार व्यवसाय गरेर आय आर्जन गर्ने, आफनै स्थानिय स्तरमा विद्यालयमा नेपाल सरकारले गरेको दिवा खाजाको लागि पनि महिलाहरुले रोजगार पाउँन भनेर पनि यो तालिमलेठुलो टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पिडामा रहेका महिलाहरुले यो सिप सिकेर आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । यो राम्रो अवसर पालिकाले प्रदान गरेकोले यसको सदुपयोग गरी सबैले भरपुर फाईदा उठाउनु पर्ने र सानोसानो व्यवसायबाट मात्रै ठुलो बन्न सकिने बताउनु भयो ।
आफुमा आत्म विश्वास बढाएर काम गय्रो भने मात्रै सफल भईने र यो सिप आफनो घरमा पनि काम लाग्ने भएकाले सबैले मिहिनेतका साथमा यो तालिममा सहभागी जनाउन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष लक्ष्मी चन्दले राख्नु भएको थियो भने, कार्यक्रम संचालन संस्थाका सचिव रमाकुमारी पन्तले गर्नु भएको थियो ।
Comments are closed.