सुुदूरपश्चिम ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य ः पर्यटन मन्त्री पाण्डेय

महेन्द्रनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुुदूरपश्चिम प्रदेशसहित सिङ्गो नेपाल धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य भएको बताएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजना गरिएको फारवेष्ट ट्राभल मार्टलाई सम्बोधन गर्दै उहाँले अबको पर्यटन विकासको सुरुवात सुदूरपश्चिम बाट हुनुपर्ने बताउनु भयो । अहिले यो कार्यक्रम फारवेष्ट ट्राभल मार्टले छिमेकी राष्ट्रबाट पनि पर्यटनहरु आउने सम्भावना बढने र यहाँ रहेका पर्यटकिय क्षेत्रको अझै बढी प्रचार प्रसार हुने बताए ।

मेचीको संस्कृती संग महाकाली लाभाम्वित हुने महाकालीको संस्कृत संग मेची लाभाम्वित हुने गरी आफना रहनसहन कला संस्कृतीको आदान प्रदान गरेर पनि हामीले आफनो स्वरोजगारलाई बढाउन सकिने बताए ।

पर्यटन नै स्वरोजगारको सजिलो माध्यम रहेको बताउँदै सुन्दर सुदूरपश्चिमको नामाकरण गरेकै दिन यसले रचनात्मक कार्यको थालनी गरीसकेको बताए । सरकारले पर्यटन प्रबद्र्धनका लागि वातावरण तयार गरेपनि निजी क्षेत्रबाट लगानी आवश्यक रहेको उनले बताए ।

सुदूरका पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि सरकारी–निजी क्षेत्रले संयुक्त रुपमा अघि बढ्नुपर्ने बताउँदै उनले अन्तरप्रदेश हवाई कनेक्टिभीटिका लागि समेत तयारी भइरहेको उल्लेख गरे । कार्यक्रमका सभाध्यक्ष भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले भीमदत्त नगरपालिका यहाँको पर्यटन विकासका लागि निरन्तर प्रतिबद्ध रहेको बताए ।

‘हाम्रो प्रदेश धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ, जसलाई समुचित पहिचान गर्न, प्रचारप्रसार र संरचनागत विकासको खाँचो छ ।’ उनले भने ‘फारवेष्ट ट्राभल मार्टले यिनै सम्भावना र चुनौतीलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

यस्तै उनले नेपाल र भारतका पर्यटन व्यवसायीहरूलाई एउटै मंचमा ल्याई आपसी सहकार्य र लगानीको ढोका खोल्ने यो प्रयास ऐतिहासिक बन्ने र यस्ता अन्तरक्रियाबाट सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो साझा लक्ष्य पुरा हुने अपेक्षा रहेको बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले सो कार्यक्रमले भीमदत्त नगर सहित सुदूरपश्चिमका विविध पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा यहाँका कला संस्कृति झल्कने नृत्यहरु समेत प्रर्दशन गरिएको थियो । यहाँका पर्यटकीय गन्तव्यहरु, यहाँका स्थानीय उत्पादन प्रदर्शन एवम् टुर प्याकेजबारे जानकारीका लागि स्टलहरु समेत निर्माण गरिएका छन् ।

पर्यटन विकास तथा प्रचारप्रसारका लागि उक्त ट्राभल मार्ट राम्रो प्रयास भएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । भीमदत्त नगरपालिकाले पर्यटन विकास तथा प्रचार प्रसारका लागि निरन्तर यस्ता प्रकारका प्रयास गरिरहेको छ ।

शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षता एवम् नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको छ ।

पर्यटन प्रवद्र्धन तथा सम्भावनाको उजागर गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको सहयोगमा भीमदत्त नगरपालिकाले संचालन गरेको फारवेष्ट ट्राभल मार्ट बैशाख २८ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी तथा विज्ञहरूबीच व्यवसायिक छलफल (बि.टु.बि मिटिङ) हुनेछ, जसमा सुदूरपश्चिमको पर्यटन अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।

भारतबाट पर्यटन व्यवसायी, त्यहाका पत्रकार, विज्ञहरू गरि झण्डै २५ जनाको टोली र नेपालका विभिन्न जिल्लाहरुबाट समेत पर्यटन व्यवसायी, विज्ञहरू सहभागी भएका छन् ।

भारत र नेपालका विभिन्न जिल्लाबाट आएका पर्यटन व्यवसायी, विज्ञहरु एवम् पत्रकारहरुलाई यहाँका पर्यटकीय गन्तव्यहरुको अवलोकन समेत गराइने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित

Comments are closed.