महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका ३ ठाँउमा सिचाईको लागि नयाँ बोरिङ संचालनमा आएको छ । वेदकोट नगरपालिका ७ मा २ वटा र वडा नम्वर ३ दैजीमा १ गरी ३ वटा सिचाई बोरिङ संचालनमा आएको हो ।
स्थानिय किसानहरुलाई सिचाई गर्न सहजता होस भनेर वेदकोट नगरपालिकाको योजना अन्तरगत उक्त सिचाई बोरिङहरु संचालनममा आएको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले जानकारी दिनु भयो ।
पहिलो चरणमा एक हप्ता अगाढी गाउजी र दैजीमा बोरिङहरु संचालनमा आई सकेको र आईतवारदेखी गाउजीमा नै अर्काे बोरिङ पनि संचालन गरिएको उहाँले बताउनु भयो ।
नहर नपुगेका घाँडी घाँच क्षेत्रमा सिचाईको अभाव नहुन दिन पालिकाले अति आवस्यक योजनाहरुलाई पहिलो प्राथमिक्तामा राखेर काम गरी रहेको र आफुले पनि विषेश ध्यानमा राखेर यी र यस्ता अन्य क्षेत्रमा बजेट विनियोजन गर्नमा भुमिका निर्वाह गरेको बताउनु भयो ।
आजको बोरिङ हाल्ने कार्यमा उपप्रमुख जोशी आफै उपश्थिती भएर कामको निरिक्षण गर्नु भएको छ । विगतमा संचालनमा आएका बोरिङबाट सिचाईको लागि राम्रो पानी आएको र किसानहरु हर्षित भएको वेदकोट नगरपालिका ७ का स्थानिय कृषक दशरथ गिरीले बताउनु भएको छ ।
विगतमा सिचाईको अभावले कृषकहरुलाई तरकारी उत्पादन गर्न र आफनो अन्न उब्जाउनमा समस्या भईरहेको र अहिले सिचाई आएपछि उत्पादन गर्न पनि सहजता हुने कृषक गिरी बताउनु भयो ।
उक्त कार्यक्रममा वेदकोट नगरपालिका ७ का अध्यक्ष थानेश्वरप्रशाद भट्ट, वेदाकेट नगरपालिका ३ का अध्यक्ष मोहन गुरुधामी, पालिकाका प्राविधिकहरु, स्थानियहरु, पत्रकारलगायत समाजसेवीहरुको उपश्थिती रहेको थियो ।
Comments are closed.