सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव ( फारवेष्ट ट्राभल मार्ट) भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २६ गतेदेखी शुरुवात भएको सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव आईतवार सम्पन्न भएको हो ।

भीमदत्त नगरपालिका र पर्यटन विकास बोर्डको संयुक्त आयोजाना रहेको उक्त कार्यक्रममा भारत र नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीहरु, ट्राभल एजेन्सी,पत्रकारहरुलगायतको उपश्थिती रहेको थियो ।

सुदूरपश्चिमम रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान गरी भारतबाट आउने पर्यटकहरुलाई सहजता दिन, जानकारी प्रदान गर्न र बढी भन्दा बढी पर्यटकहरुलाई सुदूरपश्चिममा रहेको पर्यटकिय क्षेत्रमा ल्याउन, सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाको पर्यटन विकास समितिका उपाध्यक्ष महेत्सवका संयोजक राजेन्द्र केसीले जानकारी दिनु भयो ।

विगतको तिन दिनमा नेपाल र भारतका पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सम्वन्धित क्षेत्रका विज्ञहरूबीच “विजनेश टु विजनेश” छलफल, महाकाली नदीमा र्याफटिंग, कर्णाली नदीमा र्याफटिंग र टीकापुरको अवलोकन तथा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको अवलोकन भ्रमण पनि गराईएको उहाँले बताउनु भयो ।

साथै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूबारे जानकारी गराएको, हालका बर्षमा पर्यटकहरूको आवागमन बढिरहेको सुदूरका महत्वपूर्ण ठाँउमा आन्तरिक र बाह्य पर्यटकहरूलाई भित्र्याउने बारे नेपाल र भारत दुवै देशका पर्यटन व्यवसायीहरू माझ छलफल गरिएको बताउनु भयो ।

भारतको नैनितालमा ट्राभल संचालन गरीरहेका विजयमोहन सिंह खातीले आफु विगत लामो समयदेखी भारतबाट नेपालमा पर्यटकहरु ल्याउने गरेको बताउँदै अहिले विकास पनि राम्रो भएको र बास बस्न खान, सडक र पर्यटकिय क्षेत्रमा पनि सुधार भएको बताउनु भयो ।

यो क्षेत्रमा रहेका अधिकाँश क्षेत्रहरुको प्रचार प्रसारमा कमी भएको जस्तो आफुले महसुस गरेको बताउनु भयो । यसैगरी, सितारगञ्ज उद्यमसिंह नगर उत्तराखण्डका अतुल शर्माले महाकालीमा रयाफटिङ गरेको र शुक्लाफाँटामा पनि घुम्न गएको बताउनु भयो ।

पर्यटकिय क्षेत्रमा घुम्न गएको बेलामा आफु लगायत अन्य पर्यटकहरुलाई व्यवहार राम्रो गरेको खानपिन आतिथ्यता व्यवहार अति सम्मानजनक रहेको बताउनु भयो ।

आफु यताबाट आफनो देशमा फर्किएर गएपछि उताबाट सुदूरपश्चिममा रहेका पर्यटकिय क्षेत्र घुम्नका लागि भारतिय पर्यटकियहरुलाई यता पठाउने बताउनु भयो । नेपाल पर्यटन वोर्डको २६ लाख ६० हजार र भीमदत्त नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन भएको थियो ।

सम्बन्धित

Comments are closed.