महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा “उप प्रमुख सङ्ग बिपन्न कार्यक्रम” प्रभावकारी देखिएको छ । उप प्रमुख निलम लेखकको बिशेष पहलमा अहिले विपन्न गरिव दलित एकल महिलाहरुलाई खाद्यन्न वितरणको कार्यले चौतर्फी रुपमा वाहवाही पाएको छ ।

असाहय, विपन्न परिवार, दलित परिवारका घरदैलोमा पुगेर आफैले उनिहरुलाई विभिन्न खाद्यन्नहरु दिएर उनिहरुको सुखदुखका कुराहरु पनि सुन्ने गरेको पाइएको छ । अहिले पालिकमा स्थाई बसोबास गरेका बिपन्न, गरिव, दलित, जनजातिलाई दोस्रो चरणमा सोमवार १५ जनालाई खाद्यान्न बितण गरिएको छ ।

यो कार्यक्रमले विपन्न, गरिब र दुखमा परेका व्यक्तिहरूका लागि सहाराको माध्यम बनेको छ । समाजमा दुई छाक खाना खान समेत धौ धौ भएका विपन्न एवम् कुनै दुर्घटना, संकट, दुखमा परेका व्यक्तिहरुलाई यो कार्यक्रम मार्फत केही राहत होस भन्ने उदेश्यले आवश्यक सामाग्री सहयोग गर्दै आएको छ ।

यस कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव परेको समाजसेवीहरुको भनाई रहेको छ । सहयोग प्राप्त गरेका एवम् गरिव विपन्न परिवारका व्यक्तिहरूले उक्त कार्यक्रमको प्रशंसा गरेका छन् ।
यसरी खाद्यन्न लिएर जनताको घरदैलोमा पुगेर उनिहरुको पिडा दुख सुख सुनेर आफै फिल्डमा गएर गरेको कार्य उच्च सम्मान गर्ने लायकको रहेको भीमदत्त नगरपालिका ५ का स्थानिय कलावती कोलीले बताउनु भयो ।
उपप्रमुखलेगरेको यो सहयोगले हाम्रो परिवारलाई संकटको समयमा ठूलो राहत मिलेको उहाँले बताउनु भयो । नगर उपप्रमुख जोशी नेतृत्वको टोलीले घरदैलोमा पुगेर विपन्न परिवारलाई आवश्यक सहयोग गरेको हो ।
गरिवी एवम् अन्य कारणले पिडामा रहेका, दुई छाक खान समेत समस्या परेका परिवारलाई आवश्यक सहयोग गरिएको नगर उपप्रमुख जोशीले बताउनु भयो । साथै उहाँले आगामी दिनहरुमा पनि यसरि नै गरिव असहाय लाई थोरै भए पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
Comments are closed.