भीमदत्त १७ मा विपन्न गरिव दलितहरुले बाख्रा पाएपछि हर्षित

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ नम्बर वडा कार्यालयले १७ नम्बर वडाभित्र रहेका दलित, विपन्न तथा एकल महिलाहरूलाई बाख्रा वितरण गरेको छ ।

दलित, विपन्न तथा एकल महिलाहरूको आयआर्जनका लागि वैशाख २८ गते बाख्रा पैचो हस्तान्तरण कार्यक्रम अन्तर्गत महिलाहरूलाई बाख्रा वितरण गरिएको १७ नम्बर वडाका वडा अध्यक्ष पदम बुडाले जानकारी दिएका छन्।

अध्यक्ष बुडाले आर्थिक वर्ष २०८०÷ ८१ को नीति तथा कार्यक्रमको बजेट अनुसार रु. १ लाख बजेट छुट्याइएको थियो त्यसमध्ये ३७% घटेर ६३ हजार बराबरको गरिब, विपन तथा एकल महिलाहरूको आयआर्जनका लागि ६ महिलालाई १÷१ बाख्रा विमा गरी वितरण गरिएको र बाख्रा ब्याएपछि एक पाठी वडा कार्यालय लाई फिर्ता दिनुपर्ने सम्झौता

गरी बाख्रा बितरण गरिएको र ब्याएपछि १ पाठी वडालाई दिनुपर्ने भएकोले बाख्रा वितरणको नाम बाख्रा पैंचो हस्तान्तरण कार्यक्रम रहेको बताए।

यस कार्यक्रमले गर्दा बाख्रा पालनमा महिलाहरूले ध्यान दिने र उनिहरुको आम्दानी हुन्छ भने अर्कोतिर वडाको आम्दानी पनि बढ्ने अध्यक्ष बुडाको भनाई रहेको छ।

त्यस्तैगरी १७ नम्बर वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम, आय आर्जन, विभिन्न सिपमूलक तालिमहरू, सडक बत्ती, विकास लगायतका जनसेवामुखी कार्यक्रम वडाबासीहरूको लागि गर्दै आइरहेको छ।

सम्बन्धित

Comments are closed.