महेन्द्रनगर । जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक एवम भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले खेलकुदका सामग्रीहरु सहयोग गरेका छन् ।

बेदकोट नगरका खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेका हुन। वडा सदस्य बस्नेतले बेदकोट ७ पुतली बजारमा रहेको अमरज्योती तेक्वान्डो डोजाङ्गका खेलाडीलाई किक प्याड खेलकुद समाग्री सहयोग गरेका छन ।
सुदूरपश्चिम तेक्वान्दो संघका सदस्य एव सिक्सडन ब्याकबेल्ट ग्रान माष्टर समेत रहेका बस्नेत जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक पनि हुन ।
उनले तेक्वान्डो खेलाडीका खेलाडीलाई किक प्याड दिए संगै खेलाडीलाई अभ्यास गर्न सहज भएको जनाएका छन ।
Comments are closed.