सिएमसी नेपालद्वारा अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC) ले लैङ्गिक हिंसा प्रभावितलाई प्रत्यक्ष सेवा प्रदान गरेका सेवा प्रदायक संघसंस्था , कार्यालयसंग अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

युएनएफपिए र भीमदत्त नगरपालिकाको सहयोगमा,मंगलवार एक कार्यक्रमको आयोजना गर्दै संस्थाहरुले गर्दै आईरहेको कार्यक्रम, चुनौती र आगामी दिनमा गर्ने कार्यक्रमहरुको विषयमा जानकारी प्रदान गरिएको थियो ।

भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखकको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा साथी संस्था, सेफ हाउस, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीहरुले आफनो संस्थाले प्रदान गरीरहेका कार्यक्रम तथा सेवाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख लेखकले लैङिगक हिँशा प्रभावितहरुको क्षेत्रमा संघ संस्थाहरु प्रहरीले सम्मानजनक कार्य गरेको बताउनु भयो । दिनरात नभनी अहोरात्र पिडितको पक्षमा रहेर उनिहरुलाई न्याय दिन र समुदायमा पुर्नस्थापना गर्नमा गरेको मिहिनेत, त्याग सम्मान गर्ने लायक रहेको बताउनु भयो ।

पालिकाले हिँशा पिडितहरुका लागि बजेट विनियोजन गर्नमा एकरत्ती पनि कन्जुसाई नगर्ने बढी भन्दा बढी कसरी सहयोग गर्न सकिन्छ भनेर आफु लागि पर्ने बताउनु भयो साथै, पालिको पहिलो प्राथमिक्तामा प्रभावितहरु नै रहने र उनिहरुको समर्ग विकासका लागि पालिकाले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका बरिष्ठ मनोपरामर्शकर्ता जानकी चन्दले भीमदत्त नगरपालिकार बेलौरी नगरपालिकामा अहिले शसक्त महिला समवृद्ध नेपाल कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

अहिले यो क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संघसंस्था र सरकारी कार्यालयले अर्धवार्षिक रुपमा प्रगती विवरण प्रदान गर्ने र आगामी दिनमा समन्वय सहकार्य गरेर कार्यक्रममा सहजता ल्यानका लागि आजको कार्यक्रम गरिएको बताउनु भयो ।

अहिले पनि लैङिगक हिँशा प्रभावितहरुलाई ओसिएमसीले प्रदान गर्ने सेपा सुविधाको पनि जानकारी नभएको अवस्थामा उहाँहरुलाई जनचेतना दिने, थप उपचारमा अस्पताल मा लैजाने लगायतका काम गर िरहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.