महेन्द्रनगर । स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएपछि कञ्चनपुरमा रहेका ९ वटै पालिकासहित वडा कार्यालयको सेवा प्रभावित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तहका कर्मचारीहरु आइतबारदेखि कार्यालयमा तालावन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् । प्रदेशका अन्य स्थानीय तहजस्तै कञ्चनपुरमा पनि स्थानीय तहमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा अवरुद्ध गरेका छन् ।
कर्मचारीहरु तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएको छ । कर्मचारीहरु आन्दोलित भएपछि नगरपालिका कार्यालयमा आएका सेवाग्राही काम नगरी रित्तै फर्किरहेको पाईएको छ । पुर्चौडी नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।
धनगढी उपमहानगरपालिकामा पनि काम नभएपछि सेवाग्रही त्यतिकै पmिर्कएका थिए । धनगढी उपहमनगरपालिका वडा नम्बर ५ का कृष्ण प्रसाद जैसीले घरको नक्सा बनाउँन आएको र काम नभएपछि त्यतिकै फकिनु परेको गुनासो गरे ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलन सशक्त बनाउने भन्दै मंगलवार प्रदेशको अस्थायी राजधानी धनगढी तर्फ हिँड्नुभएको छ । पालिकामा अत्यावश्यक बाहेकका सेवा उपलब्ध गराउन नसकिने पालिकाहरुले कर्मचारीहरुले सूचना मार्फत जानकारी गराएका छन् ।
स्थानीय सेवा ऐन नल्याउँदा कर्मचारीहरुको वृति विकासमा असर परेको कर्मचारीहरुको गुनासो छ । देश संघीय संरचना गईसकेपछि ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरेर लागू गरिसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको छ ।
Comments are closed.