महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिमा मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी ५ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । जेष्ठ १ गतेदेखी ५ गतेसम्म आयोजना हुने पालिकामा रहेको सबै मेलमिलाप केन्दबाट ६० जना मेलमिलापकर्ता हरुको सहभागिता रहेको छ ।

उक्त कार्यक्रमको उदघाटन समारोहमा न्यायिक समिती संयोजक एवम् नगर उप प्रमुख तुलसी जोशीको सभाध्यक्षता तथा नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै, उक्त कार्यक्रममा अतिथिमा प्रमुख प्रशासकीय अधिकृत हरिदतत्त भट्ट, नगर प्रबक्ता चित्रदेव भट्ट ,अधिवक्ता शिवराज पाण्डेय योजना शाखा प्रमुख तथा उजुरी प्रशासक अधिकृत अमर महरा, प्रशिक्षकमा रोहित देउवा र गणेश कठायत, न्यायिक समिति सदस्य, मेलमिलापकर्ताहरु, पत्रकारलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमलाईसम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले वेदकोट नगरपालिकाले सदर गरेका कतिपय विवादलाई जिल्ला अदालतले पनि सदर गरेको बताउनु भयो ।
“यसबाट के प्रष्ट हुन्छ भने वेदकोट नगरपालिकाले न्यायको क्षेत्रमा उत्कृष्ट कार्य गरेको छभन्ने बुभिन्छ” उहाँले भन्नुभयो, पहिले पनि यो तालिम लिई सकेको र अहिले फेरी ताजा गर्नका लागि यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
सानातिना विवाद मुद्धाहरुलाई वार्डमा नै समाधान गर्ने गरी सक्रिय भएर पालिकामा रहेका सबै मेलमिलाप केन्द्रले काम गरिरहेको र जनताहरुको समय, आर्थिक सबैलाई जोगाउनमा महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले मेलमिलापकर्ताहरु लाई विगतमा दिएको तालिमलाई पुनः स्मरण गराउन भुलेका विषयवस्तुमा फेरी जानकारी प्रदान गर्न यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
साथै कार्य सम्पादन गर्दा प्रक्रियागत ढंगबाट झन्झटिलो के छ ? चुनौती, समस्या केछ भन्ने विषयमा जानकारी दिने आफनो अनुभव साँटने भनेरयो ५ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको बताउनु भयो ।
अहिले वडाका विवादहरु व्डामा समाधान गर्दा जनताहरुको आर्थिक खर्च कम भएको, समयको बचात भएको, सामाजिक रुपमा पनि भाईचार कायम हुने काम भईरहेको जानकारी दिनु भयो ।
गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्दा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम भएको र समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने बताउनुभयो ।
Comments are closed.