महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले निर्वाचन सम्पन्न गरेको छ ।

शुक्रवार आफनै विद्यालय आवस्यक पर्ने विद्यालय कयाप्टेन, विद्यालय भाईस कयाप्टेन, विद्यालय भाषागत क्याप्टेन, सहायक विद्यालय भाषागत क्याप्टेन, विद्यालय अनुशासन क्याप्टेन, विद्यालय सहायक अनुशासन क्याप्टेनको निर्वाचन गरेको हो ।

आफनो विदालयमा अध्यनरत कक्षा ५ देखी कक्षा ११ सम्मका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया अनुसार नै उम्मेदवारहरुलाई भोट दिने र उनिहरुलाई विजेता गराउने नियम रहेको छ ।
प्रत्येक वर्षको नयाँ शैक्षिक शत्रमा निर्वाचनको आयोजना गरी माथी उल्लेखित सबै पदमा निर्वाचन गरी उत्कृष्ट विद्यार्थीलाई निर्वाचनको माधयमबाट छनौट गरिने विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले बताउनु भयो ।
अहिलेको यो समयमा नेतृत्व कसरी गर्ने, भोली गएर आफनो नेतृत्व क्षमताको विकास अहिले बाट नै सुरुवात होस भन्ने प्रमुख उदेश्यको साथमा यो निर्वाचन प्रणाली अपनाएर छनौट गरिने उहाँले बताउनु भयो ।
विभिन्न पदका लागि ईच्छुक प्रतिष्पर्धी धेरै हुने भएकाले अन्य विद्यार्थीहरुले क्षमतावान, दक्ष क्याप्टेन छनौट गर्ने माध्यम निर्वाचन भएकाले आफु चाहेको लाई मतदान गरी विजयी गराउने रहेको उहाँले बताउनु भयो ।
विजेता उम्मेदवारले एक वर्षसम्म विद्यालयमा हुने विभिन्न कार्यक्रममा आफनो पद अनुरुप सहयोग गर्ने, नेतृत्व गर्ने सिपमा विकास हुने विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले बताउनु भयो ।
अहिले नेपाल सरकारको निर्वाचन प्रक्रिया अनुरुप नै आफुहरुले निर्वाचन गराएको र विद्यार्थीहरुलाई सिकाई पनि हुने आफनो क्षमताको भरपरु मात्रामा प्रयोग गरी विद्यालय र विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने यो सुबर्ण अवसर रहेको बताउनु भयो ।
आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अहिले विद्यालयले नविनतम कार्यलाई अग्रता दिईरहेको उहाँले बताउनु भयो । यो निर्वाचनको परिणाम आइतवार घोषणा गरिने प्रिन्सििपल भट्टले बताउनु भयो ।
विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ठ शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।
Comments are closed.