सुदूरपश्चिमका नवनियुक्त उद्योग मन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथ

महेन्द्रनगर । । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो ।

अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन् । तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।

१६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए ।

उनी पनि नागरिक उन्मुक्ति पार्टीबाटै मन्त्री भएका थिए ।

सम्बन्धित

Comments are closed.