महेन्द्रनगर ।कञ्चनपुरको वेदकोट नगरपालिमा मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी ५ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जेष्ठ १ गतेदेखी संचालनमा आएको तालिम जेष्ठ ५ गतेसम्म सम्पन्न भएको हो ।

पालिकामा रहेका १० वटै वडाका मेलमिलाप केन्द्रबाट ६० जना मेलमिलापकर्ता हरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी न्यायिक समिती संयोजक एवम् नगर उप प्रमुख तुलसी जोशीले यो पाँच दिनमा सिकेका विषयवस्तुहरु, सिप, र ज्ञानलाई आफनो व्यवहारिक जिवनमा लागु गर्नु पर्ने बताउनु भयो ।

प्रशिक्षकहरुले सिकाउनु भएका जानकारी, ऐन नियम, न्याय सम्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु, के गर्ने के नगर्ने ? आफनो दायरा लगायत सबै विषयवस्तुलाई निरन्तर रुपमा आफनो मेलमिलाप केन्द्रमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।
साथै यहाँ सिकेका सिपलाई अन्य सदस्यहरुलाई पनि सिकाउने जानकारी दिने र न्याय सम्पादनमा न्यायलाई मर्न नदिने तरिकाले विषेश भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
यो तालिममा आउनु पूर्व कार्य सम्पादन गर्दा प्रक्रियागत ढंगबाट झन्झटिलो महशुस गर्ने, चुनौती, समस्यामा रुमलिने सहभागिहरु प्नि अहिले प्रस्ट भएको र आफना कार्य अनुभव साँटेर अरुलाई पनि हौसला प्रदान गरेको बताउनु भयो ।
वेदकोट नगरपालिकाका प्रशासकीय अधिकृत हरिदत्त भट्टले पालिकाले ५ दिन सम्म मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी ५ दिने पुनर्ताजगी तालिम प्रदान गर्दा सहभागिहरुको उल्लेखनिय सहभागिता रहेको बताउनु भयो ।
विगतमा पनि दिईएका तालिमहरुमा अहिले आउँदा सम्म केृही नयाँ ऐन नियमहरु लगु भएका र नयाँ जानकारी प्रदान गर्ने उदेश्यले यो तालिमको आयोजना गरिएको बताउनु भयो । सहभागिहरुले योतालिम पश्चात धेरै विषयमा जानकारी पाएको र भुलेका विषयवस्तु पनि ताजा भएर आएको प्रतिक्रिया आफुले पाएको बताउनु भयो ।
आगामी दिनमा फेरी यस्तै र यो भन्दा अझै ज्ञानवद्र्धक तालिमहरु मेलमिलापकर्ता हरुलाई व्यवस्था गरी उनिहरुको क्षमता विकास गरिने प्रमुख प्रशासकिय अधिकृत भट्टले बताउनु भयो । योजना शाखा प्रमुख तथा उजुरी प्रशासक अधिकृत अमर महराले यो ५ दिने तालिम अति नै लाभदायी प्रभावकारी रहेको बताउनु भयो ।
अहिले वडाका विवादहरु वडामा समाधान गर्न सक्ने भएका मेलमिलापकर्ता हरुलाई यो ५ दिने तालिम पश्चात अझै काम गर्ने हौसला मिलेको बताउनु भयो ।
यो तालिमका सहभागी भीमदत्त नगरपालिका ९ सुन्दरपुरकी मेलमिलापकर्ता देवकी जोशी भट्टले यो ५ दिने तालिमले काम गर्न थप हौसला प्रदान गरेको बताउनु भयो ।
व्यवहारिक ज्ञान सिपहरु योतालिमबाट पाएको बताउनु भयो । विगतमा पनि तालिम लिएको र विचमा केही समय पश्चात आफुहरुले भुले पनि यो तालिमले पुनः ज्ञानलाई ताजा बनाएको बताउनु भयो ।
यो तालिममा प्रशिक्षकको रुपमा रोहित देउवा र गणेश कडायत रहनु भएको थियो ।
Comments are closed.