महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा स्थानियहरुलाई विधुतिय चुलो, र भाँडाहरु वितरण गरिएको छ । वेदकोट उपभोक्ता समितिको आयोजनामा पालिका र हिमाली प्रकृति कनेक्ट परियोजनाको संयुक्त आर्थिक सहयोगमा साडा नेपालको सहकार्यमा वेदकोट उपभोक्ता समिति अन्तरगत मध्यवर्ती क्षेत्रका २ सय जना लाई विद्युतिय चुलो, कडाही र कुकर वितरण गरिएको हो ।

उक्त वितरण कार्यक्रमको सभाध्यक्षमा वेदकोट उपभोक्त समितिका अध्यक्ष भानमती खडायत, प्रमुख अतथिमा नगर प्रमुख भोजराज बोहरा, विशिष्ट अतिथिमा पालिका उपप्रमुख तुलसी जोशी रहनु भएको थियो ।यसैगरी, अतिथीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समिति अध्यक्ष लब विष्ट, वेदकोट नगरपालिका १ र १० का वार्ड अध्यक्ष, कनेक्ट परियोजनाका टिम प्रमुख, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, जेडएसएल नेपालका शुक्लाफाँटा प्रमुख, एनटिएनसीका प्रतिनिधीहरु वार्डसदस्यहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले जनतालाई अति आवस्यक पर्ने यी र अन्य यस्तै कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । मानव र वन्यजन्तु विच दवन्द बढदै गईरहेकोपरिवेशमा हामीले जंगली जनावरको क्षतीलाई कम गर्ने वैकल्पिक खेती तर्फ आर्कषित हुन आवस्यक रहेको बताउनु भयो ।
जस्का लागि हामीले अदुवा बेसार जातको खेती गर्ने जस्को बजारीकरण व्यव्सथापनको जिम्मा पालिकाले लिने प्रतिवद्धता जाहेर गर्नु भयो । विगतमा जंगलमा स्थानियहरुको निर्भरता रहने रातदिन जंगलसंग जोडिएर घाँस दाउरा ल्याउने थियो,
अहिले सरकारले जंगललाई आफनो क्षेत्र घोषणा गरेपछि अहिले वस्तीलाई नै समस्या भएको बताउनु भयो । अब हामीले दवन्दलाई कम गर्न आफने वस्तीमा घाँस स्याउला दिने रुखहरु लगाउने, दाउराको विकल्प वस्तीमा दिन सके मानव र वन्यजन्तु विचको दवन्द घटेर जाने भएकाले यो विद्युतिय चुलोवितरण गरिएको बताउनु भयो ।
यसैगरी विशिष्ट अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफुले पनि विगतका दिनमा जंगला गएर घाँस दाउरा ल्याएको स्मरण गर्दै अहिले जंगलहरुमा जाने दिन कम भएको र महिलाहरुले त्यो समयमा बढी जंगलमा नै काम गर्नु पर्ने रहेको बताउनु भयो ।
तर अहिले यो विद्युतिय चुलोले दाउराको प्रयोगमा कमी गर्ने र स्वास्थ जिवन जिउनमा सहयागे पुग्ने बताउनु भयो । दाउरा, ग्यासले मानविय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सबै भन्दा बढी महिलाहरुले भान्सामा बढी समय बिताउने भएकाले पनि उनिहरु बढी जोखिममा रहने, अब उक्त समस्याको समाधान गर्न जोखिमलाई कम गर्न यो विद्युतिय चुलो वितरण गरिएको बताउनु भयो ।
वेदकोट नगरपालिका १० की माया शार्कीले अब दाउराको भर नपरी विद्युतिय चुलोको प्रयोग गर्ने बताउनु भयो । जंगल गएर दाउरा ल्याउनु पर्ने ग्यास खरिद गर्न आर्थिकको अभाव रहने शार्कीले अब यो विद्युतिय चुलोमा खाना बनाएर खुसीका साथ बस्ने बताउनु भयो ।
उहाँले सहयोगी दाता, पालिकालाई धन्यवाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको वेदकोट उपभोक्ता समितिका सचिव पदम राज पाण्डेयले संचालन गर्नु भएको थियो ।
Comments are closed.