महेन्द्रनगर । कृषि तथ्याङक अधावधिक का लागि कृषि सर्वेक्षण सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र भेटेरीनरी तथा पशु विज्ञ केन्द्र को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षतामा कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशी रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा बिशिष्ट अतिथीमा कञ्चनपुरमा रहेका ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, अतिथीमा प्रमुख प्रशासकिय अधिकृतहरु, कृषी शाखाका प्रमुख, कृषि गणकहरु, पत्रकारहरु लगायतको उपश्थिती रहेको थियो ।

सहभागीहरुले विस्वसनिय तथ्याङकका लागि अहिलेको प्रविधीलाई प्रयोग गरेर सफट्वयरको प्रयोग गरेर काम गर्नु पर्ने बताएका थिए । संघिय सरकार, प्रदेश सरकार मिलेर एउटा सफट्वयर निर्माण गरेर सबै कृषकहरुको तथ्याङक लिनुपर्ने सहभागिहरुको भनाई रहेको थियो ।
साथै सहभागिहरुले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने, कृषिले संचालन गरेको एक पालिका एक उत्पादन कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिएका थिए । यसैगरी, बजारमा रहेका तरकारीहरु,फलफुलहरुमा अत्यधिक विषादी रहेको र त्यसको उचित रुपमा परिक्षण हुनुपर्ने बताएका छन् ।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले किसानले पाउने अनुदानमा पहुँच र पावर भएकाहरुको हाली मुहाली भएको र उक्त कार्य तत्काल बन्द हुनुपर्ने बताउनु भयो । आफनो पालिकामा भएका असली किसान भन्दा नक्कली किसानहरुले अनुदानको रकम खाने गरेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी जिला समन्वय समिति प्रमुख बोहराले कृषकहरुको विस्वसनिय तथ्याङकका लागि सबैले आआफान क्षेत्रबाट काम गर्नुपर्ने बताउनु भयो । साथै नयाँ प्रविधिको पनि प्रयोग गरी तथ्याङक संकलन गर्ने र उनिहरुलाई सेवा सुविधा संग जोडनमा मद्धत पुग्ने बताउनु भयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले जिल्लामा कृषि तथ्याङकको अधावधिक कसरी गर्न सकिन्छ ? संघिय, प्रदेश र स्थानियले फरक फरक तथ्याङकको प्रयोग गरीरहेको भएर एक अर्कासंग नमिलेको अवस्थामा एकैनाशको तथ्याङक हुनुपर्ने भनेर आजको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कृषि तथ्याङकलाई विस्वसनिय, भरपर्दाे र गुणस्तरिय बनाउनका लागि तिनै तहको जिम्मेवारी के रहने छ भन्ने विषयमा पनि छलफल गरी सकारात्मक राम्रो सुझावहरु आएको बताउनु भयो ।
साथै, आगामी दिनमा किसान सुचिकरणका कार्यक्रमलार्य समन्वयात्मक ढंगले अगाढी बढाउन र आ.व ०८२÷८३ मा नयाँ प्रस्तावित कार्यक्रममा पालिकाका सम्भावित र आवस्यक्ता अनुसारका कार्यक्रमहरु गर्न योजनाहरु लैजान सकिन्छ भनेर यो कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनु भयो ।
भेटेरीनरी तथा पशु विज्ञ केन्द्रका श्यामसिँह खडकाले कृषिको तथ्याङक धेरै किसिमको रहेको भएपनि केन्द्र संग स्थानिय तहको तथ्याङक मेल नखाने, राष्टिय जनगणनाको तथ्याङक, केन्द्रिय विभागको तथ्याङक, कृषि तथ्याङक एकआपशमा नमीले पछि कसरी एकरुपता ल्याउन सकिन्छ भन्ने विषयमा रहेर यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
Comments are closed.