समाजसेवी विनय प्रकाश मल्लको अर्काे सम्मानजनक कार्य, विपन्न,आमा बुवा गुमाएकाले पाउने भए यस्तो सेवा

महेन्द्रनगर । । डडेल्धुरा जतिको सुन्दर छ त्यतिकै सुन्दर मन भएका समाजसेवी पनि डडेल्धुरा जन्माएको छ ।

पछिल्लो समय डडेल्धुरामा दिनदुखी, गरिव, दलित, एकल महिला, जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा समाजसेवी विनय प्रकाश मल्लले आर्थिक सहयोग गरे दुखमा परेका समुदायको मुहारमा खुसी दिइरहनु भएको छ ।

घाउमा जसरी औषधी मलहमले राहत महसुस गराँउछ, त्यसरी नै समाजसेवी मल्लले दिनदुखी गरिब, विपन्नको क्षेत्रमा उनिहरुको दुखमा मलहम लगाएर उनिहरुलाई राहत महसुस गराई रहनु भएको छ ।

अहिले फेरी डडेल्धुराका स्थानिय, अभिभावक , भद्रभलादमी,समाजसेवी, गुरुबर्गहरुले गरेको विषेश अनुरोधमा समाजसेवी मल्लले विपन्न, गरिव, फरक क्षमता भएका, आमाबुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्ने भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका ४ सुनेडा स्थित श्री असिग्राम प्राबीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा वार्ड नम्वर ६ भक्तपुर ,भालुमारामा रहेको श्री कैलास प्राबीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई व्यक्तिगत तर्फबाट जनही एक जोड स्कुल ट्रयाकसुट बितरण गरिने समाजसेवी मल्लले जापानबाट जानकारी दिनु भएको छ ।

यसैगरी भागेश्वर गाउँपालीका भित्र आमा–बुवा दुबै गुमाएका तथा शारीरिक रुपमा असक्त सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुलाई पनि व्यक्तीगत तर्फबाट स्कुल ट्रयाक सुट बितरण गर्ने र आफु अध्ययनरत विद्यालयका गुरु बर्ग मार्फत जेष्ठ २० गते भित्र सम्पर्कमा आउनु अनुरोध गरिएको छ ।

अमरगढी नगरपालिका ४ न. वडा सचिब शारदा ओझा ,कीर्ती बहादुर ऐर तथा सागर ताम्राकारको समन्वयमामा असिग्राम प्राबी. ४ सुनेडा र कैलास प्राबी ६ भक्तपुर ,भालुमारामा वितरण गरिने , भागेश्वरमा गाँउपालिकामा दिपक राज भट्ट  ९८४३८७९०५६ (भागेश्वर गाउँपालीका ) सुरेन्द्र बिष्ट  ९८६५८१८३४१ (भागेश्वर गाउँपालीका )  शिक्षक  बिष्णु दत्त जैशी ९८४८४१३८३७ (भागेश्वर गाउँपालीका ) शिक्षक  नर बहादुर ठकुराठी  ९८६८७७६३७३ (भागेश्वर गाउँपालीका) शिक्षक  सरस्वती जोशी  ९८४८७७६२७१ (भागेश्वर गाउँपालीका) माथी उल्लेखित व्यक्तीहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.