महाकाली मोडर्न पब्लिक स्कुलको बिल्कुलै पृथक कार्य, विद्यार्थीहरुलाई विभिन्न सिपमुलक कार्य सिकाउँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले बिल्कुलै पृथक कार्यको शुभारम्व गरेको छ । हरेक शुक्रवार बिना झोला शिक्षा अर्थात “ब्याग फ्रि डे” मनाउदै आईरहेको छ ।

हरेक शुक्रवार बिद्यालयले बिद्यार्थीहरुलाई झोला विना अन्य शिपयुक्त कक्षाहरु संचालन गर्ने गरेको हो । आज शुक्रवार पनि विद्यार्थीहरुलाई बत्ती काट्ने, वातावरणलाई प्रभाव नपार्ने दुना टपरीको बनाउने, पतुर खाना अर्थात जंक फुडबारे जनचेतना मुलक सडक नाटक र योगको पनि आयोजना गरेको छ ।

विद्यार्थीहरुलाई पढाई संगसंगै व्यववहारिक सिप विकास गर्नका लागि विद्यालयले हरेक शुक्रवार यस्ता कार्यक्रमहरु गर्दै आईरहेको विद्यालयका प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरुलाई अध्ययन संगै उनिहरुको रुची, सिपमा पनि ध्यान दिएर हरेक शुक्रवार बिना झोला विभिन्न सिप मुलक काम सिकाएर उनिहरुको मनोबललाई उच्च राख्न हामीहरु लगि परेको उहाँले बताउनु भयो ।

अबको तिन महिना सम्म बत्ती काट्ने, दुना टपरी बनाउने, ब्युटी पार्लर, कपाल काट्ने, पाहुना स्वागत जस्ता अन्य सिपमुलक कार्य सिकाएर विद्यालयमा पनि प्रदर्शनी गरिने उहाँको भनाई रहेको छ ।

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानमा पनि पोख्त बनाउने उदेश्यका साथमा अलि पृथक कार्य विद्यालयलृे गरिरहेको र यसमा अभिभावकहरुको पनि सकारात्मक प्रतिक्रिया आईरहेको प्रिन्सिपल भट्टको भनाई रहेको छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी हिमशिखा सावदले विद्यालयले प्रदा गरेको यो अवसरबाट आफु लगायत अन्य विद्यार्थी साथीहरुले धेरै सिप सिकेको बताउनु भयो । आफुलाई दुना टपरी बनाउन ईच्छा रहेको र अहिले विद्यालयले उत्तः सिप सिकाएको उहाँले बताउनु भयो ।

आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अहिले विद्यालयले नविनतम कार्यलाई अग्रता दिईरहेको उहाँले प्रिन्सिपल दिजराज भट्टले बताउनु भयो ।

विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।

सम्बन्धित

Comments are closed.