महेन्द्रनगर ।भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखकको विशेष पहलमा पालिकामा रहेका जेष्ठ नागरिकहरुलाई टर्च र छाता सहयोग गरिएको छ ।

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त कार्य समिति कञ्चनपुरको अयोजना तथा भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिकलाई उप मेयर कोशेली तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै पालिकामा रहेका ६० जना जेष्ठ नागरिकहरुलाई आवस्यक पर्ने टर्च र छाता वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले हाम्रो समुदायमा रहनु भउका भगवान रुपी जेष्ठ नागरिकहरुलाई सबैले सम्मान माया दिनुपर्ने बताउनु भयो ।
उहाँहरुले दिएको आशिर्वादले नै हामीहरुको उन्नती, प्रगती हुने र कुनैपनि तिर्थमा जानु भन्दा आफनो घरमा रहनु भएका वृद्ध आमा बुवालाई ससम्मानको साथम माया गर्नु नै ठुलो धर्म हुने बताउनु भयो ।
आफनो अथक मिहिनेत र प्रयाशले यो कार्यक्रममा बजेट विनियोजन गर्न सफल भएको पनि जानकारी गराउनु भयो । उपप्रमुख लेखकलाई जेष्ठ नागरिकहरुले यो सामग्री सहयोग गरेको प्रती धन्यवाद व्यक्त गरेका छन् ।
यसरी नै आगामी दिनहरुमा पनि यो र यस्तै अन्य कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने उनिहरुको माग रहेको छ ।
विगतमा उपप्रमुख लेखकले समुदायमा रहेका विपन्न गरिव दलितहरुलाई घरमा पुगेर खाद्यनन सहयोग गर्नु भएको थियो भने, उप प्रमुख लेखकले जेष्ठ नगरिकलाई पालिका बाट प्रयाग राज दर्शन गर्ने व्यबस्था पनि मिलाउनु भएको थियो ।
आगामी दिनमा पनि जेष्ठ नागरिक लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
Comments are closed.