महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको नेत्रज्योती संघद्धारा संचालित यस गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष आँखा अस्पतालका सभापती भोजराज पन्तको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो । उक्त कार्यक्रममा संस्थाको आयव्यको संस्थाका सदस्य एवम निर्माण उपसमिति संयोजक दयाकृष्ण जोशीले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा जम्मा रकम ६ लाख ३५ हजार ९ सय २ रहेको जस्मा आय ४ लाख ३३ हजार ३०१ व्यय एम्बुलेन्स ल्याउदाको खर्च ३८ हजार ४ सय रहेको छ ।
यसैगरी, आथिएक वर्ष २०८१÷८२ मा जम्मा रकम ६ लाख ५४ हजार ७ सय ५२ आय ३५ हजार र व्ययमा यातायात दर्ता शुल्क १६ हजार १ सय ५ रहेको छ । वि.स. २०४२ साल देखी निरन्तर रुपमा सेवा प्रवाह गर्दै आईरहेको यस आँखा अस्पताल विभिन्न आरोह अवरोह पार गर्दै हाल नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कंचनपुरको व्यवस्थापन मातहत संचालन भैरहेको सभाध्यक्ष तथा आँखा अस्पतालका सभापती भोजराज पन्तले बताउनु भयो ।
मिति २०७९ चैत्र २५ गते दोश्रो अधिवेसनवाट निर्वाचित यस जिल्ला कार्य समितिले विभिन्न प्रतिकुल अवस्थाका बावजुद अस्पतालको सेवा प्रवाहलाई निरन्तरता प्रदान गर्दै आई रहेको बताउनु भयो । अगामि दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगबाट अझै सुविधा सम्पन्न भौतिक व्यवस्था द्वारा गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साथै उहाँले स्थाईरुपमा नेत्र विशेषज्ञको अभाव रहेको जस्ले गर्दा जटिल प्रकारका शल्यक्रियाहरु बहिर गएर गर्नुपर्ने, र आम नागरिकहरुले दुख पाउने अवस्था रहेको बताउनु भयो । साथै, सुविधा सम्पन्न भवनको अभाव, आवश्यक उपकरणहरुको अभाव, आँखा उपचारकेन्द्र तथा आँखा शिविर व्यवस्थापनका लागी सवारी साधनको अभाव रहेको जानकारी दिनुभयो ।
उहाँले अहिले यस समितिको अनुरोधमा सुदुरपश्चिम प्रदेश सरकारवाट चमेना गृह निर्माणका लागी रु १५ लाख रकम प्राप्त भई उपभोक्ता समिति मार्फत निर्माणको क्रममा रहेको बताउनु भयो । आँखा दानका लागी ईच्छुक दाताको नामावली संकलनको कममा हाल सम्म १० जना रहेको रआज उक्त संख्या बढन सक्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहराले आँखाको क्षेत्रमा कार्य गर्ने व्यक्ती महान भगवान रुपी रहेको बताउनु भयो कसैलाई यो संसार देखाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यक्ती महान रहेको बताउनु भयो ।
साथै अस्पतालमा रहेको विभिन्न समस्याका लागी आफुले आफनो क्षेत्रबाट पनि पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
Comments are closed.