जापान कराते डो कोशिकाई सितोरियो संघका ५५ जना खेलाडीको बेल्ट अपग्रेड

महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियो संघले आफना खेलाडीहरुको बेल्ट अपग्रेड गरेको छ । आफना ५५ जना खेलाडीहरुलाई शनिवार उनिहरुको बेल्टको स्तर उन्नती गरिएको हो । प्रत्येक तिन तिन महिनामा खेलाडीहरुले आफनो खेलमा कत्तिको प्रगती गरेका छन्, नियम अनुसान, बिभिन्न कोर्षमा पास गरेको, खेलाडीले आफनो खेलमा देखाएको कला सिपहरुमा निर्भर भएर उनिहरुको अप ग्रेडिङ भएको हो ।

खेलाडीहरुले पहिले पाएको बेल्टमा पदोन्नती हुने र उनिहरुको मुल्याङकन गर्ने बिभिन्न माध्यमहरु भएकाले उक्त मुल्याङकनमा पनि खेलाडीहरुले आफनो सिप कलामा पोख्त भएपछि मात्रै उनिहरुको स्तर उन्नती अर्थात उपग्रेड हुने सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंह ले जानकारी दिएका छन् ।

तिन तिन महिनामा लिईने परिक्षामा उनिहरुको खेलकुद,अनुसान,फिजिकल,कुमिते ट्रेनिङ,ग्रुप वेसिक, ग्रुप काता, एकल काता, कुमिते, र हाजिरी तथ्याङ ७५ प्रतिशत माथी भएका खेलाडीहरुलाई अपग्रेड गरिने उनले बताए ।सुरुकोे बेल्ट भनेको सेतो हुन्छ त्यसपछि माथीको सुन्तला, हरियो, पर्पल र निलो बेल्ट हुँदै खेलाडीहरुलाई बेल्टको पनि उपाधी बढाईने उनले बताए ।

साथै अभिभावकहरुले पनि हौसला प्रदान गरिरहेको उनले बताए । जापान कराते डो कोशिकाई सितोरियोका प्रदेश कराते प्रमुख प्रशिक्षक एवम अन्तराष्ट्रिय स्तरमा ३ पटक एसियन गोल्ड मेडलिस्ट सोनम पुजाराले महिलाहरुको पनि यो खेलमा सहभागिता बढदै गएको बताईन् ।

उनले खेलकुद लगायत अन्य क्षेत्रमा महिलाहरुलाई चुनौती समस्या रहेको भएपनि यो खेलमा आफना गुरु अभिषेक सिंहले गर्दा निकै सहज र अगाढी बढन मद्धत पुगेको बताईन् ।

साथै उनले आफनो गुरु सिंहको सहयोग र मिहिनेतले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि आफनो खेल कला सिप देखाएर बिभिन्न पदकहरु हात पार्न सफल भएको पाउँदा निकै गर्व महसुश हुने गरेको बताईन् ।

आफनो टोलीमा ४० भन्दा बढी महिलाहरु अहिले यो खेलमा आवद्ध भएर खेल खेलिरहेको र अभिभावकहरुबाट पनि राम्रो सहकार्य भएको उनले बताईन् । आफु जस्तै अन्य महिलाहरुलाई पनि यो खेलको माध्यमबाट देशको नाम राख्न सक्षम बनाउने सपना रहेको उनले बताईन् ।

सम्बन्धित

Comments are closed.