महेन्द्रनगर । कंचनपुरको बेदकोट नगरपालिका वडा नं ७, गौऊजी पिलचौँताराकाप्रकाश् शार्की कुनैसमय भारतको मुम्बईमा एक दशकसम्म रिलायन्स जिओ कम्पनीमा कम्प्युटर इन्जिनियरको रूपमा कार्यरत थिए । तर अहिले उनि कृषक बनेर पसिना बगाइरहेका छन्।
उनले गरेरको मिहिनेत र परिश्रमको कुनै औचित्य नै छैन । किन भने उनको मिहिनेत सिचाइको चरम अभावमा खेर जाँदैछ। शार्कीले १ बिगाहा ३ कट्ठा जमिनमा आफनो श्रिमतीको सहयोगमा विभिन्न फलफूल बागबानी तथा तरकारी कृषि फर्म स्थापना गरेर फलफूल खेती थालेका थिए।
तर अहिले ती बिरुवा सिचाइ नपाएर सुक्दै छन्। फोटोमा पनि स्पस्ट देखिन्छ कि बिरुवाका वरिपरि माटो चर्किएको छ, हरियाली हराउँदै गएको छ। देशमै केही गर्छु भनेर मुम्बईको राम्रो जागिर छाडें। नेपाल फर्किए यहीको माटोमा सुन फलाउने आशा थियो उनको तर बिडम्बना विरुवाहरु पानी नपाई मर्न थालेका छन् ।
सिचाइको समस्या समाधानका लागि सम्बन्धित सबै सरकारी निकाय धाएँ, तर अहिलेसम्म कुनै सहयोग भएन, शार्की भन्छन्। उनी बोरिङ वा वैकल्पिक सिचाइ माध्यमको माग गर्दै आएका छन्। तर, सरकारी उदासीनताले गर्दा उनीजस्ता कृषकले निराशा भोग्नुपरेको छ।
बोल्न सक्ने किसान त सबै सहायता पाउँछन्, हामीजस्ता बोल्न नसक्नेले सास्ती मात्र भोग्नुपर्छ,” उनी भन्छन्। सरकारले कृषि र स्वरोजगारलाई प्राथमिकता दिएको दाबी गर्दै आएको बेला शार्कीको जस्तै उदाहरणले त्यो दाबीमा प्रश्न खडा गर्छ।
भारतमा राम्रो काम छोडेर आफनै देशमा केही गरौ भनेको, यहाँ राजनिति पावर पैसाले मात्रै पानी पाउने हामी जस्ता निमुखा पावर पैसा नभएका हरुले मर्नु सिवाए अरु विकल्प छैन , उनले भने,
Comments are closed.