महेन्द्रनगर । निड्स नेपालले इम्पावरिङ हर ( महिला सशक्तिकरण ) कार्यक्रमको प्रगती समिक्षा वैठक सम्पन्न गरेको छ । कोइकाको आर्थिक सहयोगमा अक्सफाम नेपालको प्राविधिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित इम्पावरिङ हर ( महिला सशक्तिकरण ) कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकामा रहेका गठन भएका विभिन्न महिला सशक्तिकरण केन्द्रका महिला सदस्यहरूले गरेका कामहरु उनिहरुले समुदायमा गरेका कार्यहरु, विषयमा छलफल र महिला सशक्तिकरण कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गरीएको थियो भने आगामी दिनमा गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाका वडाध्यक्षहरु भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको उपश्थिती रहेको थियो । यस कार्यक्रममा समुदायका महिलाहरूलाई समुदाय स्तर तथा अन्य निकायहरूमा नेतृत्व गरिराख्दा खेरि के कस्ता किसिमका चुनौतीहरू सामना गर्नुपरेको छ साथै नेतृत्व गर्दा प्राप्त भएका अवसरहरु के कस्ता हुन्
भनेर छलफल भएको थियो । भीमदत्त नगरपालिकाका १९ वडाका २० वटा महिला सशक्तिकरण केन्द्रहरु गठन गरीएको जस्मा ५ सय ८३ जना महिलाहरुलाई उनिहरुको नेतृत्व विकास, क्षमता विकास, सिप सिकेर आत्मनिर्भर बनाएको संस्थाले जनाएको छ ।
२० वटा बैँक, सामुहिक बचत, व्यक्तिगत बचत, पशु विमा, सामुहिक भावनाको विकास, व्यवसाय तर्फ उन्मुख, लैँङगिक हिँसा सम्बन्धी सचेतना लगायतमा सक्षम भएको पाईएको छ ।
यस कार्यक्रमले समुदायका महिलाहरूलाई नेतृत्व गर्न थप उत्साहीत भएका निड्स नेपालका कार्यक्रम संयोजक नवीन भट्टले बताउनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले यो कार्यक्रमले महिला दिदिबहिनीहरुलाइ आत्मनिर्भर, क्षमतावान, नेतृत्वकर्ता बनाएको बताउनु भयो।
आफु कार्यक्रमको अनुगमनमा गएको बेलामा महिलाहरुले आफैले आफुमा आएको परिवर्तनको विषयमा जानकारी गराएको बताउनु भयो ।
संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मीले यो कार्यक्रमले आगामी दिनमा कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा पनि सल्लाह सुझाव दिन आग्रह गर्नुभएको थियो ।
वडा अध्यक्षहरुले पनि यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताएका थिए । वडामा गठन भएका समुहले राम्रो काम गरेको र उनिहरुले आफनो नेतृत्व विकास संगै आत्मनिर्भर भएर आम्दानी पनि गरेको बताएका थिए ।
Comments are closed.