महेन्द्रनगर । कञ्चनपुरमा सिकल सेल एनिमिया प्रभावितहरुका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरको आयोजना र भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १८ को सभा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष्यतामा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठ रहनु भएको थियो भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो,

यसैगरी विशिष्ट अतिथीमा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटा, अतिथीमा वडा सदस्य हेम बहादुर बस्नेत, भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश सिंह रावल, सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द् समन्वय समिति संयोजक सुन्दरी चौधरीलगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम भीमदत्त नगरपालिका उपप्रमुख लेखकले पालिकाले विगतदेखी यो कार्यक्रमका लागि बजेट सहयोग गर्दै आईरहेको बताउनु भयो । भीमदत्त नगरपालिकाको वडा नम्वर २, १४ र १९ मा रगत चेकजाँच गर्दा केहीमा सिकलसल देखा परेको र पालिकाले उक्त विषयमा चिन्ता सलएको बताउनु भयो ।
यो रोग लागेमा नआत्तिने, उपचार गर्ने र औषधी खाने र यसलाई कमगर्न तर्फ सबैले लाग्नु पर्ने बताउनु भयो । आगामी दिनमा थारु समुदायका महिलाहरुको उन्नतीका लागि सिप विकास तालिमका लागि पालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष एवम नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष श्रेष्ठले थारु समुदायमा लाग्ने योरोगको न्युनिकरण र पहिचानका लागि यो कार्यक्रमको अयोजना गरिएको बताउनु भयो । समुदायमा सचेतना फैलाउन उपचार गराउन पर्छ है भन्ने चेतना दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो । खास गरी यो रोग नेपालको पश्चिम तराईका थारू समुदायमा बढी पाइने बताउनु भयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिरक्षक शिद्धराज भट्टले यो रोग जिनमा हुने खराबीले गर्दा हुने यो रोग लागेका बिरामीमा रक्तकोषहरू गोला आकारमा नभई हँसिया आकारको हुने बताउनु भयो ।
यो खानपानका कारणले नहुने यो पूर्णतया वंशाणुगत भएको र यदि आमाबुवालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै पनि हालतमा हुँदैन तर आमाबुवा दुवैमा छ भने उनीहरूबाट जन्मने छोराछोरीमा पनि देखापर्ने बताउनु भयो । यो रोगले रक्तसञ्चार प्रवाहमा असर गर्छ ।
शरीरको विभिन्न भागमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अङ्गहरूमा कडा खालको दुःखाइ हुन्छ । छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, पेट दुख्ने, जन्डिस हुने, हातखुट्टा ढाडमा अचानक कडा खालको दुःखाइ हुने, कमलपित्त हुने, आँखामा समस्या देखिने, ज्वरो आउने, वाकवाक लाग्ने, खोकी लाग्ने तथा सङ्क्रमण भइरहने जस्ता विभिन्न लक्षण देखिन्छन् ।
पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारू समुदायमा पुस्तौँदेखि यस्तो रोग फेला परेको छ । वंशाणुगत रूपमा देखिएको उक्त रोग भयावह रूपमा फैलिँदै छ ।
Comments are closed.