महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ गाउजि निवासी केन्द्र नं ०७५ की सदस्य श्रीमती कलसा विष्टलाई बीमा वापतको दुई लाख को चेक हस्तान्तरण गरिएको छ।

श्रीमती विष्टका श्रीमान् श्री महेश विष्टको हृदयघातका कारण दुःखद निधन भएको थियो। उहाले मेरोमाईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि बाट लिएको रु २ लाख कर्जा चुक्ता गरिसक्नु भएको अवस्थामा, कर्जासँग समावेश रहेको बीमा कार्यक्रम अन्तर्गत सो बीमा रकम प्रदान गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रम शाखा कार्यालय सुडाका शाखा प्रबन्धक श्री शम्भु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा केन्द्रका महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले संकटको समयमा सदस्यहरूलाई आवश्यक सहयोग गर्दै आएको उदाहरण स्वरूप यो सहायता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
Comments are closed.