वेदकोट ७ मा निशुल्क कान चेकजाँच शिविरको आयोजना,शिविरबाट १ सय ३५ जनाले सेवा लिए

महेन्द्रनगर । इम्प्याक्ट नेपालको आयोजना तथा वेदकोट नगरपालिकाको सहकार्य र समन्वयमा निशुल्क कान चेकजाँच शिविरको आयोजना गरिएको छ ।

एक कार्यक्रमको आयोजना गर्दै उक्त कान शिविर पहिलो दिन आईतवार वेदकोट नगरपालिका ७ सुडामा आयोजना गरिएको थियो भने, अर्काे शिविर सोमवार वेदकोट नगरपालिका ३ दैजीमा आयोजना गरिने भएको छ । पहिलो दिन निशुल्क कान शिविरबाट १ सय ३५ जनाले सेवा लिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले कान अति नै सम्बेदनशिल अंग भएको हुँदा सबैले आफनो कानलाई सुरक्षित र सफा राख्नु पर्ने बताउनु भयो ।साथै आफुहरुले आम जनताहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै पालिका र ईम्प्याक्ट नेपाल विचमा सहकार्य गरेर यो निशुल्क कान शिविरको आयोजना गरिएको बताउनु भयो ।

पहिलो दिनमा धेरै सेवाग्राहीहरुको भिड लागेको र यस्ले अधिकाँशहरुको कानमा समस्या रहेको आफुले जानकारी पाएको बताउनु भयो पहिलो दिन सेवा लिन नपाएकाहरुले सोमवार आयोजना हुने दैजीमा गएर पनि कानको सेवा लिन आग्रह गर्नु भयो ।

साथै संस्थाले सहकार्य गरेर निशुल्क कान शिविर को आयोजना गरेकोमा उहाँले संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । साथै पालिकाले कान मात्रै नभएर अन्य स्वास्थ्य शिविरको पनि विगतदेखी निशुल्क शिविरको आयोजना गर्दै आईरहेको बताउनु भयो ।

यसैगरी बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले पालिकाले विभिन्न संघसंस्थाहरु संग सहकार्य समन्वय गरेर आम जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनु भयो ।

शरिरमा रहेका पञ्चतत्व मध्येकान पनि एक भएकाले यसको मानव जिवनमा महत्वपूर्ण योगदान आवस्यक्ता रहेको बताउनु भयो ।

अहिले जेष्ठ नागरिक लाई मात्रै नभएर युवायुवतीहरुको पनि कानमा समस्या भईरहेको भएर पालिकाले यो निशुल्क कान चेकजाँचको आयोजना गरिएको बताउनु भयो ।

यो शिविरमा सुन्ने क्षमता कम भएका, कान पाकेका, २६ जनाको शल्यक्रिया गर्नुपर्ने धेरै जस्तो बिरामीको कान स्वास्थ्य सम्बन्धि उपचार समयमै नभएर कानको अप्रेशन गर्नु पर्ने, अवस्था रहेको संस्थाका परियोजना अधिकृत राम बहादुर बोगटिले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.