महेन्द्रनगर । वेदकोट नगरपालिकामा बेमौसमी तरकारी खेती र पुष्प खेती सम्बन्धीे ७ दिने तालिम संचालन गरिएको छ । नेपाल आदिवाशी जनजाती महासंघ वेदकोट नगर समन्वय परिषद कञ्चनपुरको आयोजना र वेदकोट नगरपालिको आर्थिक सहयोगमा थारु चौधरी समुदायका महिलाहरुलाई उक्त तालिम संचालन गरिएको हो ।
सोमवार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रमको वेदकोट नगरपालिकाका उपप्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी तुलसी जोशीले उदघाटन गर्नु भएको छ ।
स्वरोजगारका कार्यक्रमलाई प्रवद्र्धन गरी स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने स्थानीय सरकारको नीति तथा योजना रहेकोले उत्पादन र उत्पादकत्वमा आफुहरुले विषेश चाँशो दिएको वेदकोट नगरपालिकाका उपप्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी तुलसी जोशीले बताउनु भयो ।
अहिले जनजाती थारु चौधरी समुदायका महिलाहरुलाई कसरी उद्यमशिलता तर्फ अग्रसरता गर्न सकिन्छ, साथै वेदकोट नगरपालिकाले “एक घर एक करेशाबारी” को अवधारणा अनुरुप उनिहरुको आर्थिक उपार्जनमा सहयोगी होस भनेर यस्मा थप पुष्प खेती पनि जोडिएको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा हरेक कार्यक्रममा पुष्प माला, घरमा हुने कार्यक्रम जन्मदेखी मृत्यु सम्म पुष्पको आवस्यक्ता रहने भएकाले यसको बजारमा माग बढेको भएर यो पनि तालिममा समावेश गरीएको बताउनु भयो ।
पछिल्लो समय बजारमा पनि विषदयुक्त तरकारीहरु आईरहेको अवस्थामा यो तालिममा हामी कसरी विषादी रहित तरकारी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा ज्ञान दिनईने बताउनु भयो ।
कृषकहरुलाई दक्ष बनाउने, स्वच्छ बाली हुर्काउने, रासायनिक विषादिको प्रयोग कम गर्ने, शत्रु जीव व्यवस्थापन र मित्र जीवको संरक्षण गर्ने पद्दतीको बारेमा जानकारी दिईने वेदकोट नगरपालिकाका कृषी शाखा प्रमुख एवम प्रशिक्षक देवराज बडुले बताउनु भयो ।
बेमौसमी तरकारी खेती कसरी गर्ने ? कसरी यसको मागलाई बढाउने ? महत्व, परिचय लगायतका पालिकालाई तरकारी खेतीमा कसरी आत्म निर्भर बनाउन सकिन्छ भन्ने विषयमा यो ७ दिन सम्म जानकारी दिईने बताउनु भयो ।
तालिमका क्रममा हावापानी, मल व्यवस्थापन, रोग नियन्त्रण तथा आधुनिक प्रविधिको प्रयोगबारे जानकारी दिनेछन् । प्रशिक्षकहरूका अनुसार, बेमौसमी तरकारी खेतीले किसानहरूको आम्दानी वृद्धि गर्नुका साथै बजारको माग पूरा गर्न मद्दत गर्नेछ ।
कार्यक्रमका सभाध्यक्ष नेपाल आदिवाशी जनजाती महासंघ वेदकोट नगर समन्वय परिषदका अध्यक्ष खुसीरानी चौधरीले आफनो समुदायले विगतदेखी तरकारी खेती गर्दै आएपनि प्राविधिक ज्ञान नपाएको आम्दानी बढाउने तरिका जानकारी नभएको अवस्थामा यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
जनजाती समुदाय धेरै मिहिनेत गर्ने र यो तालिम पाएपछि अझै व्यवसायकि रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गरेका मात्रै सहभागि रहेको बताउनु भयो ।
Comments are closed.