प्रेस युनियन कञ्चनपुरद्वारा अनाथालयामा शैक्षिक सामग्री सहयोग

महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले ३४औ स्थापना दिवसको उपलक्ष्यमा अनाथालयमा शैक्षिक सामग्री सहयोग गरीएको छ ।

मंगलवार नेपाल प्रेस युनियन स्थापना भएको ३४औ वर्षको उपलक्ष्यमा महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पे्रस युनियनका सुृदूरपश्चिम प्रदेशका महासचिव हरिष भट्टले लोकतन्त्रबादी पत्रकारहरुको अग्रीणी संस्था नेपाल प्रेस युनियनमा आवद्ध आज सबै क्षेत्रमा कार्यक्रमको आयोजना गरी आफनो स्थापना दिवस मनाई रहेको बताउनु भयो ।

त्यसै सन्दर्भमा कञ्चनपुरमा पनि अनाथालयमा रहेका साना बाबुहरुलाई केही शैक्षिक सामग्रीहरु सहयोग गर्ने भन्ने धारणा अनुसार सानो सहयोग गरिएको बताउनु भयो साथै उहाँले सम्पूर्णमा हार्दिक शुभकामना पनि व्यक्त गर्नु भयो ।

अनाथालयका संचालक दयाकृष्ण जोशीले आफनो स्थापना दिवशमा अनाथालयमा आएर अबोध बालकहरुलाई शैक्षिक सामग्री सहयोग गरेको प्रती हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेजबहादुर सिंह, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष माधव धामी, नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव देवेन्द्र खडका, कोषाध्यक्ष शंकरदत्त अवश्थी, सदस्य सुजित सिनाल, ऐश्वर्या कुवँर, कविता गौडको उपश्थिती रहेको थियो ।

 

सम्बन्धित

Comments are closed.