भीमदत्त उपप्रमुख लेखकको अध्यक्षतामा आपतकालीन पुर्ब तयारी तथा प्रतिकार्य योजना अध्यावधिक कार्यशाला सम्पन्न
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले जिल्लामा रहेका विपदको क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्थाहरु वडाहरुसंग आपतकालीन पुर्ब तयारी तथा प्रतिकार्य योजना अध्यावधिक कार्यशाला सम्पन्न गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखकको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा बिपत पुर्ब तयारीका लागि कसरी एकद्वार प्रणालिबाट अगाडी बढ्ने भन्ने बिषयमा छलफल भएको थियो । मनसुन भित्रिने समय भईसकेको र विपदको समयमा जिल्लामा रहेका संघसंस्था हरुसंग मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप्रमुख लेखकले विपदमा सबैले मिलेर एकद्वार प्रणालिलाई अपनाएर काम गर्न आग्रह गर्नु भयो । विपदमा सबैले एकै प्रकारका सहयोगी सामग्री वितरण नगरेर कुनै संस्थाले खाद्यन्न, अरुले लत्ताकपडा, कसैले सरसफाईका सामग्री हरु सहयोग गर्नुपर्ने बताउनु भयो ।
साथै उहाँले विपदमा जनतालाई तुरुन्तै राहत प्रदान गर्नुपर्ने उद्वार गर्नु पर्ने अवस्थामा उनिहरुलाई सबैप्रकारको सहयोग र आवस्यक्ता पर्ने सामग्रीहरु एकद्वार प्रणाली मार्फत जानसके अmझै प्रभावकारी रहने बताउनु भयो ।
विपदमा कार्यक्रम एकैनश नभएर विभिन्न प्रकारका सहयोग राहतहरु दिने गरी काम गर्न र संघसंस्थाहरुले के गर्न सक्छन त्यो पनि जानकारी गराईदिन आग्रह गर्नु भयो । भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्ती मनोज भट्टले हरेक वर्ष झै यो वर्षमा पनि विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ लाई अध्यावधिक गर्ने गरी आजको यो कार्यक्रमको आयोजना गरिउको बताउनु भयो ।
विपदका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय गैरसरकारी संघस.स्थाहरु पनि फेरबदल भएको अवस्थामा के कसरी उनिहरुसंग समन्वय गर्न सकिन्छ विपदमा सहजता ल्याउनका लागि सबै मिलेर काम गर्नलाई सजिलो बनाउने गरी यो प्रतिकार्य योजनालाई अध्यावधिक गर्ने बताउनु भयो ।
भीमदत्त नगरपालिका भित्र विपद ्रभावित समुह समुदाय कहाँ रहेका छन् ? उनिहरुलाई कसरी हियोग गर्न सकिन्छ ? भन्ने जानकारी दिन र विपदमा काम गर्न सजिलो बनाउन विपदमा कुन निकायमा जाने ? कुन सामग्री कहाँबाट उपलब्ध गराउने भन्ने जानकारी दिन यस्ले सहयोगी भुमिका निभउने बताउनु भयो ।
यसैगरी एनएनएसडब्लुएका कर्मचारी प्रभुनिधी पन्तले भीमदत्त नगरपालिका विपद पूर्वतयारी गर्ने क्रममा विपदको समयमा जोखिमलाई न्युनिकरण गर्न सम्बन्धित निकायहरु संग रहेर उनिहरुको भुमिका जिम्मेवारी के रहने भन्ने विषयमा छलफल भएको बताउनु भयो ।
जिल्लामा विपदको क्षेत्रमा कार्यरत एनएनएसडब्लुए, निड्स नेपाल, सन्जिवनी नेपाल, पेसवान लगायतका संस्थाहरुको उपश्थिती रहेको थियो ।
Comments are closed.