महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ खैरभट्टीमा बैशाख ४ गते ग्यास चुहिएर आगलागीमा परी घाईते हुनु भएकालाई ३ जनालाई आर्थिक सहयोग गरिएको हो । कल्पना देवी पौडेल सितल पौडेल र अर्जुन प्रशाद पाण्डेयको अहिले काठमाण्डौमा उपचार भईरहेको छ ।
परिवारका सदस्यहरु मार्फत उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गरिएको दिदिबहिनी उद्घार कोषका संयोजक भगवती थापाले बताउनु भयो ।
यो दुखको समयमा आफुहरु पनि पिडितको साथमा छौ है भन्ने सन्देश दिन र अन्य सहयोगी महानुभावहरुले पनि उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो ।
विपद, दुख, समस्यामा रहेका बेलामा आफनो खाजा खर्च कटाएर सानो आर्थिक सहयोग विगतदेखी नै गर्दै आईरहेको उहाँले बताउनु भयो ।
घाईते अर्जुन प्रशाद पाण्डेयकी श्रीमती मनिषा खरेल पाण्डेयले यो दुखको समयमा गरेको आर्थिक सहयोगले आफुलाई ठुलो राहत मिल्ने बताउनु भयो । यो विपदको समयमा गरेको सहयोग प्रती उहाँले सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।
साथै, घाईते कल्पना देवी पौडेलकी छोरी भुमिका पौडेलले आफनो आमा र बहिनी उक्त ग्यासको आगलागीमा परी घाईते भएर अहिले काठमाण्डौमा उपचार भईरहेको र यो सहयोगले धेरै राहत महसुस भएको बताउनु भयो ।
साथै उहाँहरुले अन्य सहयोगी दाताहरुलाइै उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
दिदिबिहनी उद्घार कोषले विगत २०७७ सालदेखी सामाजिक क्षेत्रमा रहेर कार्य गर्दै आईरहेका छ । विगतमा पनि विभिन्न समस्यामा परेकाहरुलाई यो कोषले सहयोग गर्दै आईरहेको छ ।
Comments are closed.