महेन्द्रनगर । ओसिस मन्टेस्वरीले आफना विद्यार्थीहरुलाई तेक्वान्दो खेल सिकाउने भएको छ ।
बुधवारदेखी जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेमबहादुर बस्नेतले हरेक दिन विद्यार्थीहरुलाई व्यायम र तेक्वान्दो सिकाउने मन्टेस्वरीका संस्थापक एवम प्रिन्सिपल सविना भट्टले बताउनु भयो ।
विद्यार्थीहरुलाइृ सानै देखी खेलकुदमा रुची जगाउन र उनिहरुलाई स्व्स्थ्य राख्नका लागि मन्टेस्वरीले तेक्वान्दो गुरु मार्फत खेलका सिपहरु सिकाईने बताउनु भयो ।
हरेक विहान पढाईको सुभारम्भ गर्नु पूर्व उनिहरुलाई व्यायम गराउने र फुर्तिलो बनाएर अध्ययनमा पनि मन लगाएर ध्यान लगाएर पढने वातावरणको निर्माण गर्न यो खेलकुद उपयुक्त हुने प्रिन्सिपल भट्टले बताउनु भयो ।
यसैगरी तेक्वान्दो मास्टर एवम जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेमबहादुर बस्नेतले सबैलाई व्यायम उत्तिकै आवस्यक रहेको बताउँदै विद्यार्थीहरुलाई बढी नै आवस्यक रहेको बताउनु भयो ।
साना उमेरका विद्यार्थीहरुलाई सानैबाट खेलकुद प्रती रुची जगाउन पनि यसले मद्धत पुग्ने बताउनु भयो ।
Comments are closed.