महेन्द्रनगर । गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल,कञ्चनपुर शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार १८औँ गणतन्त्र दिवशको अवसरमा भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कमा विभिन्न प्रजातीका विरुवाहरु रोपण गरिएको हो ।
प्रेस चौतारी नेपाल, कञ्चनपुर शाखाका अध्यक्ष मदन गिरीले १८ आँै गणतन्त्र दिवशको अवसरमा स्वच्छ वातावरण बनाउन, ईको पार्कको सौन्दर्यकरण बढाउन वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
नेपाली जनताको बलिदानि पुर्ण संघर्षबाट निरंकुश राजतन्त्रको अन्त्य गरि गणतन्त्रको जगमा प्राप्त उपलब्धिको रक्षा गर्न आज देशैभरमा विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन भईरहदा प्रेस चौतारी नेपाल,कञ्चनपुर शाखाले पनि केही कार्यक्रम संचालन गरौ भन्ने उदेश्यका साथमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथै उहाँले हाम जनता , आम पेशाकर्मी सबैले हर्षाेल्लासका साथमा मनाउनुपर्ने यस्को संस्थागतका लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कमलको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आएको अध्यक्ष गिरीले बताए ।
साथै उहाँले यो कार्यक्रममा साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ । यसैगरी भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले १८औँ गणतन्त्र दिवशको अवसरमा यो स्ुन्दर ईको पार्कमा आएर वृक्षारोपण कार्यक्रमको आयोजना गरेको प्रती उहाँले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै सबैले मिलेर यो ईको पार्कलाई संरक्षण गर्ने, यसको सुन्दरताको लागि सौन्दर्यताका लागि सबैले हातेमालो गर्नुपर्ने साथ र सहयोगको आवस्यक्ता रहेको बताउनु भयो । सबैले चासो देखाएर यो पार्कको सुरक्षा सम्वृद्धी गर्न सरसफाई गरेर आआफनो तह र त्प्काले लाग्नुपर्ने बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट , केन्द्रिय सदस्य देवराज साउद, केन्द्रिय सदस्य धर्मा रोकाया, प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष सुरेश सिह धामी , कोषाध्यक्ष मोहन बिष्ट, प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष भुपाल केसी, सचीव धन बहादुर बोहरा लगायत पत्रकारहरुको उपस्थित गरेको थियो ।
Comments are closed.