महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरले १८औँ गणतन्त्र दिवशको अवसरमा आनाथालयमा फलफुल वितरण गरेको छ ।
उक्त कार्यक्रमको सभाध्यक्षमा होटल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मी, प्रमुख अतिथीमा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथिमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक,प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,जिल्ला प्रहरी कार्यलय प्रहरी प्रमुख एसपी खडकबहादुर खत्री, विभिन्न सामाजिक क्षेत्रमा कार्यरत व्यक्तीत्वहरुको उपश्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले अनाथालयमा फर्निचर बस्ने मुडाहरु सहयोग गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले १८आँै गणतन्त्र दिवशको अवसरमा विषेश कार्यक्रमको आयोजना गरेको प्रती आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
पर्वमा मात्रै नभएर समयसमयमा आएर यस अनाथालयको निरिक्षण गरी सहयोग पनि गरिदिन आग्रह गर्नुभयो । विगतमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु समयसमयमा आनाथालयमा आउने यहाँ भउका समस्याको समाधान कसरी गर्न सकिन्छ, आवस्यक पर्ने समग्रीहरुको पनि जोहो गर्ने व्यवस्थापन गर्ने गरेको सुनाउँदै अहिले पनि सबैले आएर आवस्यक पर्ने सामग्रीहरुको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
यसैगरी होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष रेग्मीले हरेक वर्षै झै यो वर्षमा पनि १८ औँ गणतन्त्र दिवशको अवसरमा यो अनाथालयमा आएर आभिभावक को भुमिका निर्वाह गर्दै बालकहरुलाई फलफुल सहयोग गरेको बताउनु भयो ।
देशमा लामो संघर्ष पश्चात ल्याएको गणतन्त्रलाई संस्थागत गर्न सबैले यसको अनुभुती गर्न पाउने गरी सबैले यसको उन्नतीमा लाग्नु पर्ने र यो गणतन्त्र आम जनताको सुखको गणतन्त्र हुनुपर्ने भएर आज अनाथालायमा आएर फलफुल वितरण गरिएको बताउनु भयो ।
Comments are closed.