सुदूरपश्चिम प्रदेशको २ लाख बढी जनसंख्या मनसुनबाट प्रभावित हुने पूर्वानुमान

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको २ लाख बढी जनसंख्या मनसुनबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजानिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्षको मनसुनबाट सुदुरपश्चिमका ५२ हजार १ सय १२ घरधुरीका २ लाख २७ हजार ७ सय ३० जनसंख्या प्रभावित हुने पुर्वानुमान गरिएको हो।

करिब ४ महिनाको अवधिमा देशैभरी मनसुन्जन्य विपद्बाट करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ। मनसुनजन्य विपद्बाट कुल जनसंख्याको आधाभन्दा बढी अर्थात १० लाख २९ हजार जना ९५२ प्रतिशत० महिला र ९ लाख ६९ हजार पुरुषको प्रभावित हुने आँकलन रहेको छ ।

यसैगरी प्रजनन उमेर समुहका ३६ हजार महिला, ४८ हजार जना अपांगता भएका, १ लाख ६४ हजार जना बालबालिका र ४ लाख १५ हजार जना जेष्ठ नागरिक प्रभावित हुनेछन्। सामान्यतयाः देशभर बार्षिक रुपमा हुने कुल बर्षामध्ये ८० प्रतिशत मनसुनको ४ महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत बर्षा बाँकी ८ महिनामा हुन्छ।

यसबर्षको मनसुनमा सरदरभन्दा बढि पानी पर्ने र क्षति पुग्ने पुर्वानुमान गरिए अनुसार पुर्वतयारीका लागि कार्ययोजना पारित गरिएको प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई। दिनेश प्रसाद भट्टले बताए। यस बर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बीनीको उत्तरी भुभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

सुदुरपश्चिमको दक्षिणी भुभाग, लुम्बिनीको पश्चिमी भुभाग, गण्डकीको उत्तर पुर्वी भुभाग, बागमती र कोशीको उत्तरी भुभागमा सरदर भन्दा बढी बर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। भने देशका बाँकी भुभभागमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

सम्बन्धित

Comments are closed.