वृद्ध आमाबुवाहरु भनेका जिवित भगवानको स्वरुप हुन ः भीमदत्त नगर प्रमुख बोगटी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले वृद्ध आमा बुबवाहरु भनेका जिवित भगवानको स्वरुप रहेको बताउनु भयो ।  कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिका वडा नं ४ ले वृद्धवृद्धाहरुलाई सम्मान स्वरुप छाता र टर्च लाईट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जस्को घरमा वृद्धआमा बुवाहरु हुनुहुन्छ त्यो मन्दिर भन्दा कम नहुने बताउनु भयो ।

“आफनै घरभित्र भगवान रहेका छन तर पनि हामी बाहिर भगवानलाई खोजी रहेका हुन्छौ” उहाँले भन्नुभयो“तपाई हाम्रै घरमा छन भगवान बाहिर किन खोज्ने वृद्ध आमा बुवाहरुको सेवामा लाग्नु र उहाँहरुलाई सम्मान गर्नु नै ठुलो धर्म हो । ”

पछिल्लो समयमा वृद्धवृद्धाहरु एक्लै हुने, परिवारमा पनि कसैले बोलचाल नगर्ने अवस्थाको सिर्जना भएको बताउनु भयो । बालबालिकासबै मोवाईलमा व्यस्त हुने छोरा बुहारी काममा व्यस्त हुने वृद्धवृद्धाहरुसंग बोल्नका लागि पनि मान्छेको अभाव रहेको बताउनु भयो ।

यो आज छाता र टर्च आमा बुवाको सम्मानका लागि पालिकाले गरेको सहयोग ठुलो नभएपनि यसले सरकार पनि साथैमा छ सरकारले हेर्छ भन्ने सन्देश दिन खोजेको बताउनु भयो । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै वडामा रहेका जेष्ठ दलित, जेष्ठ नागरिकहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।

वडाले एउटा सिमा निर्धारण गरेर वडामा रहेका १७ जना दलित जेष्ठ नागरिक र १८ जना अन्य समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप छाता र टर्च वितरण गरिएको हो ।

गत वर्षमा पनि यसैगरी सामग्रीहरु वितरण गरिएको र त्यो बेलामा नपाएका हरुलाई यो वर्षमा समेटेर सामग्रीहरु वितरण गरिएको भीमदत्त नगरपालिका ४ का अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष सुशिल भट्टले जानकारी दिनु भयो ।

वृद्धवृद्धाहरुलाई छाता र टर्चलाईट अतिआवस्यक पर्ने भएकाले उहाँहरुको सम्मान र श्रदा स्वरुप यो वितरण गरिएको र उहाँहरुसंग स्थानिय सरकार पनि छ है, भन्ने जानकारी दिन पनि यो सम्मान गरिएको उहाँले बताउनु भयो ।

साथै परिवारका सदस्यहरुलाई सरकारले पनिआमा बुवाहरुलाई हेर्छ भने हामीले पनि हेर्नु पर्छ सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराउनका लागि यो सहयोग वितरण गरिएको बताउनु भयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी एवम उक्त कार्यक्रममा नगर उपप्रमुख निलम लेखक पालिका प्रवक्ता पदमराज अवस्थी, प्रमुख प्रशासकिय अधिकृत महेश बम वडाका जेष्ठ नागरिक, दलित तथा विपन्न व्यक्तिहरूको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.