महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दलित जनप्रतिनिधीहरुलाई २ दिने क्षमता अभिवृद्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।१५ र १६ गते दुई दिन समम आयोजना गरिएको उक्त कार्यक्रममा पालिकामा रहेका १९ जना दलित महिला सदस्यहरु र ३ जना कार्यपालिका सदस्य गरी २२ जनाको सहभागिता रहेको थियो ।

२ दिनमा दलित जनप्रतिनिधीहरुलाई स्थानिय सरकार संचालन ऐन २०७४ अन्तरगत दलित अधिकार, स्थानिय सरकारको भुमिका, कार्यहरु, सेवा सुविधाहरु, संविधानमा जातिय विभेद विरुद्ध उल्लेखित ऐन नियम कानुनहरु, न्यायिक समितिका कार्यहरु, दलित समुदायहरुको सामाजिक आर्थिक साँस्कृतिक अवस्था, दलित सम्बन्धी कानुनी प्रावधानहरु, स्थानिय तहमा दलित सहभागिता र बजेट व्यवस्थाको बारेमा जानकारी प्रदान गरिएको थियो ।
भीमदत्त नगरपालिका कार्यपालिका सदस्य एवम कार्यक्रमका सभाध्यक्ष हरीहर परियारले भीमदत्त नगरपालिकामा निर्वाचित दलित महिला सदस्यहरुलाई धेरै विषयमा जानकारी भएपनि केही नविनतम ऐन कानुन, नियमहरु र उहाँहरुको भुमिकाको सम्बन्धमा जानकारी प्रदान गरिएको बताउनु भयो ।
साथे उहाँहरले वडामा रहेर गर्ने काम कर्तव्यहरु बजेटका विषयमा पनि जानकारी गराई उहाँहरुले यो क्षमता विकास तालिमबाट फर्किएर आफनो वडामा कुराहरु राख्ने, लक्षित वर्गको बजेटको विषयमा पनि जानकारी गराउने सम्मको भएको बताउनु भयो ।
यो २ दिने तालिमबाट उहाँहरुको क्षमतामा पनि वृद्धी भएको र आउँदा र समापनमा धेरै आत्म विश्वस बढेको आफुले पाएको बताउनु भयो ।
भीमदत्त नगरपालिका ३ का दलित महिला वडा सदस्य आशा विकले यो तालिम हरेक ६ महिनामा संचालन गरिदिन पाए अझै रामे हुने बताउनु भयो ।
यो २ दिने तालिमले पनि धेरै आफुमा जानकारी आएको ज्ञान पाएको र आफनो क्षमता बढेको बताउनु भयो । साथै आगमी दिनमा पनि बढ िदिनको यो तालिमको आयोजना गरिदिन आग्रह समेत गर्नु भयो।
Comments are closed.