महेन्द्रनगर । खुला मञ्चमा शनिबारदेखि बृहत योग शिविर सञ्चालन हुन लागेको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले शनिबारदेखि एक सातासम्म शिविर आयोजना गर्न लागेका हुन् ।
सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाले शिविर उद्घाटन गर्ने छन् । शिविर शनिबार विहान ४ः३० बजेदेखि सुरु हुने छ । मन्त्री थापाले उद्घाटन गरेपछि शिविर औपचारिक रुपमा सुरु हुने बताइएको छ ।
मन्त्री थापाले पानसमा बत्ती बालेर शिविर उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहित अतिथिहरुलाई स्वागत बाहेक मन्तव्यका कार्यक्रम राखिएको छ । शिविरको सबै तयारी गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘
तयारी लगभगत भई सकेको छ, निर्धारित समयमै उद्घाटन गरी शिविर सुरु हुन्छ’ अध्यक्ष भट्टले भने । केन्द्रले पत्रकार सम्मेलन गरी शिविर सञ्चालन सम्बन्धि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खडक बहादुर खत्री सहित केन्द्रका सल्लाहकार, पदाधिकारी, पूर्व पदाधिकारी सहभागी भए ।
पतञ्जली योग समितिसित सहकार्य गरी केन्द्रले पहिलो पटक योग शिविर आयोजना गर्न लागेको हो । शिविरमा पतञ्जली योगपिठ हरिद्वारका योग गुरु साध्वी डा। देवविजया जी प्रमुख प्रशिक्षक हुने छिन् ।
पतञ्जली योग समितिका केन्द्रीय सदस्य योग गुरु लवराज भट्ट लगायतका शिविरमा प्रशिक्षक हुने छन् । शिविर सञ्चालनका लागि भीमदत्त नगरपालिका सहित विभिन्न संघ संस्थासित सहकार्य गरिएको केन्द्रका अध्यक्ष भट्टले बताए ।
स्वस्थ्य जीवन र सभ्य समाज निर्माणमा सहयोग पुगाउन शिविर आयोजना गरिएको केन्द्रका अध्यक्ष भट्टले बताए । स्वस्थ्य जीवन, सभ्य र असल सभाज निर्माणमा योगको ठूलो भूमिका छ, योगबाट समाजलाई सभ्य बनाउने लक्ष्य राखेर शिविर आयोजना गरिएको छ’ उनले भने ।
योग शिविरबाट समाजमा बढ्दो लागु औषध कुलतलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास राखिएको उनले बताए । अहिले समाजमा युवाहरु सबैभन्दा बढी लागु औषधको कुलतमा परेका छन्, समाज डरलाग्दो गरी लागू औषधमा फसेको छ’ उनले भने,‘शिविरबाट त्यस्ता लागु औषध नियन्त्रणका लागि सहयोग पुग्छ, योग गर्दा हुने ध्यानले उनीहरुलाई त्यस्ता कुलतमा लाग्नबाट जोगाउँछ ।
’शिविरमा भीमदत्त नगरपालिका क्षेत्रका एक दर्जन विद्यालयका विद्यार्थीहरु सहभागी गराउने तयारी गरिएको छ ।
Comments are closed.