महेन्द्रनगर । मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रण गर्न यातायात क्षेत्रका कामदारलाई लक्षित गर्दै एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । माईति नेपालको आयोजनामा यो कार्यक्रम कञ्चनपुरमा सम्पन्न भएको हो ।
कार्यक्रममा बस चालक, सहचालक, टिकट काट्ने कर्मचारी र अन्य यातायातकर्मीहरू सहभागी थिए । कार्यक्रममा मानव बेचविखनको चिनारी, यसको जोखिम संकेतहरू, कसरी यात्रुहरू बेचविखनको सिकार बन्न सक्छन्, मानव बेचविखन तथा
ओसारपसार र यसको नियन्त्रणका लागि रहेका विद्यमान कानुनी ब्यवस्थाकाबारेमा, नेपालको कानुनमा रहेको दण्ड सजाय सम्बन्धीब्यवस्थाका बारेमा सहभागिलाई विस्तृत जानकारी तथा प्रशिक्षण माईती नेपालकी संयोजक महेश्वरी भट्टले दिएका हुन । साथै, शंकास्पद गतिविधि देखिएमा कहाँ र कसरी जानकारी गराउने भन्नेबारे पनि जानकारी दिइएको थियो ।
मानिसको एक ठांउ बाट अर्को ठांउ ओसारपसार नहुन्जेलसम्म बेचबिखन हुनप्राय असम्भव नै हुन्छ । एकठाउंबाट अर्को ठाउंसम्म पुग्न वा पुर्याओउन कुनै न कुनै सवारी साधनको प्रयोग अनिवार्य हुन जान्छ । तसर्थ मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको महत्वपुर्ण भुमिका हुन सक्ने तथा यातायातकर्मीको एक सुचनामात्रैले पनि बेचविखनको जोखिममा परेका महिला तथा बालबाललिकालाई बेलैमा
जोगाउन सकिने भएकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको भुमिका महत्वपुर्ण रहने हुदां यातायातकर्मी मानव बेचबिखन विरुद्ध सचेत भई मानव बेचबिखन जस्तो जघन्य अपराधन्युनिकरणका लागि सहयोग एवम् सहकार्य भइ सहज हुने भएको आजको यातायातकर्मीसंग एक दिवसिय अनुशिक्षण कार्यक्रम आयोजना गरिएको माइती नेपाल कंचनपुर संयोजक महेश्वरी भट्टले जनाएकी छिन ।
यातायातकर्मीहरू अग्रपंक्तिमा हुने भएकाले उनीहरूले समयमै सूचना दिएमा धेरै अपराध रोक्न सकिन्छ । यस्तो बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्न बाट जोगाउन सकिने भएकाले यातायातकर्मीको भुमिका प्रष्ट पार्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।
महाकाली यातायातका अध्यक्ष डम्बर राज पन्त–“माइति नेपालले यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागिता गराइदिएको हृदयदेखि धन्यवाद । मेची देखि महाकालीसम्मका विभिन्न किसिमका यात्रुहरु यस सुदुरपश्चिमको मुख्यनाकागड्डाचौकीबाट विभिन्न प्रयोजनका लागि भारत जाने गर्छन्, कुन मान्छेको कस्तो प्रकृति हुन्छ ।
त्यस्ता मान्छेको प्रकृति बुझी निश्चित निकायसम्म पुर्याउन हामी पनि अहम भुमिका खेल्दै आएका छौ । हाम्रा यातायातका साधनप्रयोग गरि कुनै पनि छोरीचेली कोठीको नारकीय जीवनको यात्रा तय गर्न नपरोस् भनि टिकट काउन्टरमा यात्रुले टिकट काट्दा देखि यात्रु गन्तव्यसम्म नपुगुन्जेल यो विषयलाई विशेष संवेनशिल भई नियाल्दै आएका छौ । आजको यस कार्यक्रम पश्चात् म लगायत यातायातकर्मी साथीहरुमा अझ जिम्मेवारी थपिएको बोध भएको छ ।
दि कुनै शंकास्पद गतिविधिको यात्रु फेला परेको अवस्थामा सर्वप्रथम माइति नेपाललाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमामा सहभागीले के कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा छलफल गरिएको थियो ।
छलफलका क्रममा विभिन्न यातायात समितिबाट सहभागि सम्पुर्ण व्यक्तिहरुले कञ्चनपुरको हकमा बढ्दै गएको मुन्द्रे यातायात र भारतीय गाडीका कारण हाम्रा छोरीचेलीहरु जोखिमपुर्ण यात्रागर्नुपर्ने अवस्था सिर्जना भइरहेको हुदां उक्तमुन्द्रे यातायात र भारतीय गाडीकालाई समयमा नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सहभागिले यस्ता कार्यक्रम उपयोगी भएको बताउँदै यो मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणमामा आफुहरु थप सतर्कता अपनाउने सधैव सचेत रहने र सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
Comments are closed.