कञ्चनपुरमा सरसफाइ तथा स्वच्छता सम्बन्धि दुईदिने तालिम संचालन

महेन्द्रनगर । कञ्चनपुरमा सरसफाइ तथा स्वच्छता तालिम सम्बन्धि दुईदिने तालिम संचालनमा आएको छ । सोमवार र मंगलवार गरी दुईदिन कार्यक्रमको आयोजना गरिएको हो ।भीमदत्त नगरपालिकामा रहेका विभिन्न आमा समुहमा आवद्ध महिलाहरु, सरहकारीमा आवद्ध महिलाहरु एकल महिलाहरु, व्यवसायी महिलाहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथी रहनु भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले यदी हामीले सफा स्वच्छ पानी पिउन सकेको खण्डमा र सरसफाईमा ध्यान दिने हो भने ८० प्रतिशत रोगबाट बच्न सकिने बताउनु भयो ।

हामीले दैनिक दिनमा १० पटक सम्म हातलाई धुन सकेको खण्डमा पनि हाम िकहिले विरामी नपर्ने, स्वस्थ्य रहने बताउनु भयो । यो तालिममा सक्रिय भएर सहभागिता जनाउन सहभागिताहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले महिलाहरुलाई सबै भन्दा बढी सरसफाईको आवस्यक्ता रहेको बताउनु भयो । महिनावारी हुँदा होस वा अन्य दिनमा हामीले सरसफाईमा विषेश ध्यान दिनुपर्ने र आफनो घरआँगनलाई पनि सरसफाई गरिनु पर्ने बताउनु भयो ।

पहिलो आफनो सरसफाई त्यसपछि समुदाय, गाँउ टोल सबैलाई निरोगी बनाउने अभियान लाग्न आग्रह गर्नुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयका तालिम संयोजक प्रेमनिधी केसीले विपदको समयमा, संक्रामक रोग लागेको खण्डमा समुदायको उत्थानशिलतालाई कसरी अभिवृद्धी गर्न सकिन्छ अथवा यस्ता रोगहरु लागेमा समुदाय आफैले कसरी संचालन गरेर उनिहरुले आफुलाई ज्ञान सिप हस्तान्तरण गरेर बच्ने उपाय हरु के हुन सक्छ भन्ने जानकारी दिन नै यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

विगतमा नेपालमा कोभिडबाट बच्न, मास्क लगाउने, साबुन पानीले हात धुने भन्ने ज्ञान र सिपले धेरैको ज्यान जोगाउन सकिएको अनुभव रहेको हुँदा अब फेरी आउने त्यस्ते समयका लागि तयार रहन पनि तालिमले सिकाउने बताउनु भयो ।

समुदायमा धेरै जसो रोगहरु भ्mाडापखाला, डेङगी, औँलो रोगहरु पानीसंग सम्बन्धित रहेको भएर सबैले दैनिक साबुन पानीले हात धुन सक्यौ भने, सरसफाईमा ध्यान दिन सकियो भने पनि धेरुे रोगबाट बच्न सकिने र यो जनचेतना मुलका ज्ञान समुदायमा लैजान सक्यो भने पनि समुदायलाई जोगाउन सकिने बताउनु भयो ।

यसैगरी, आयोजनाका जनस्वास्थ्य विज्ञ ज्योति बंशीले महामारीजन्य रोगहरुमा सरसफाईमा कमी हुने खानेपानी सुद्ध नहुने भएर धेरै जना विरामी पर्ने सरसफाइका कुरा गर्दा महिलाहरुको महिनावारीको समयमा आवश्यक सरसफाईमा ध्यान नपुगेकाले बढी समस्या भएको बताउनु भयो । यी विषयमा यदी सुधार गर्न सके विषेश गरेर महिलाहरुलाई सजिलो हुने बताउनु भयो ।

अहिले हामीहरुले आफनो स्वास्थ्यमा ध्यान दिन सकेनौ भने भोली गएर महिलाहरुलाई अति जटिल प्रकारका रोगहरु लाग्ने बताउनु भयो । खानेपानी तथा ढल व्यवस्थापन विभागले नेपालका १५ वटा शहर मा खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

कोभिडका कारण यी आयोजना समयमा सम्पन्न हुन नसकेपछि जापान सरकार र नेपाल सरकारको सहयोगमा यी शहरमा कोभिड जस्तै अन्य संक्रामक रोग नियन्त्रणका लागि अहिले खानेपानी तथा सरसफाईका कार्य भइरहेका छन् संस्थाले हेल्थ डेक्स स्थापनामा सहयोगका साथै संक्रामक रोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, समुदायको उत्थानशीलता वृद्धिका लागि काम गरिरहेको छ ।

कार्यक्रममा सहरी खानेपानी तथा सरसफाइ आयोजनामा कोभिड प्रतिकार्य आयोजनाको सान्दर्भिकता, कोभिड लगायत संक्रामक रोगहरु सर्ने माध्यम र बच्ने उपायहरु, कोभिड प्रतिकार्य आयोजनामा लैगिक समानता तथा सामाजिक समावेशीकरण, खानेपानी सुदृढीकरण विधि लगायत वारे जानकारी दिइएको थियो ।

सम्बन्धित

Comments are closed.