महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा महिलाहरुलाई उद्यमशिल बनाउने उदेश्यले नमकिन बनाउने तालिमको आयोजना गरिएको छ ।
दलित समुदायलाई आय तथा सीपमुलक तालिम कार्यक्रम अन्तरगत ५ दिने नमकिन बनाउने तालिम संचालनमा आएको हो । दलित समुदायका महिलाहरुलाई सिप सिकाएर उनिहरुलाई आय आर्जन संग जोडने उदेश्ले तालिमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी एवम कार्यपालिका सदस्य हरिहर परियारले बताउनु भयो ।
दलित महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिल तालिम सञ्चालन गरिएको र स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै उनिहरुलाई आम्दानीसँग जोड्न यो तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
विगतमा पनि दलित महिलाहरुलाई विभिन्न सिप मुलक कार्यक्रमहरु तलिम प्रदान गरेको बताउँदै तालिमा सहभागिता मात्रै जनाएर नहुने सिकेको सिपलाई आफनौ जिवनमा लागु गर्नुपर्ने बताउनु भयो । यहाँ सिकेको सिपले उत्पादन गरेर बस्तुको उत्पादन, बजारिकरण र प्रबर्धन गर्नका लागि आफुहरुले सहयोग गर्ने बताउनु भयो ।
स्थानीयश्रोत र साधनको परिचालन गरी रोजगारी सृजनागर्ने तथा आफनो सिपलाई बजारमा विक्री गरेर आमदानी पनि गर्ने गरी तालिममा सिप सिक्न आग्रह गर्नु भयो ।
दलित महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर गराई आम्दानीको श्रोत बढाउनका लागि यो तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका नायब सुब्बा मनोज प्रशाद भट्टले बताउनु भयो । तलिमका सहभागिले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
Comments are closed.