भीमदत्तले विश्व वातावरण दिवशमा ईको पार्कमा वृक्षारोपण गर्दै

महेन्द्रनगर । कञ्चनपुरमा विहिवार विश्व वातावरण दिवश धुमधामका साथमा मनाईने भएको छ । दिवशको पूर्व सन्ध्यामा भीमदत्त नगरपालिकाको वन वातावरण फोहरमैला तथा विपद व्यवस्थापन शाखाले दिवशलाई सफलता पूर्वक मनाउनका सरोकारवाला निकायसंग छलफल गरेको हो ।

यसपालिको नारा “प्लाष्टिजन्य प्रदुषण न्यूनिकरण ः हाम्रो दायित्व” निर्धारण गरिएको छ । बुधवार जिल्लामा रहेका विभिन्न गैर सरकारी संघ संस्था, जिल्ला प्रहरी कार्यालय, विद्यालयहरु, पत्रकारहरु संग छलफल गरेको छ ।

छलफलमा सहभागीहरुले, बजारमा सरसफाई गर्ने, प्लाष्टिक नफालौ भनेर जानकारी गराउने भन्ने कार्यक्रमहरु को आयोजना गराउनका लागि सुझाव दिएका थिए, छलफल पश्चात सबैले य्रालीको आयोजना पश्चात ईको पार्कमा गएर वृक्षारोपण गर्ने कार्यक्रममा सहमती जनाएका थिए ।

विगतमा पनि धेरै क्षेत्रमा वृक्षारोपण गरिएको भएपनि विरुवाहरुले उचित स्याहार नपाउँदा मर्ने, उम्रन नपाउँने जस्ले गर्दा बजेट खेर जाने विरुवाको नाश भएर जाने सहभागिहरुले बताएका थिए ।

भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलले ईको पार्कमा भीमदत्त नगरपालिकाले एक जना कर्मचारीलाई विरुवाको रेखदेखका लागि राखेको बताउनु भयो ।

अहिले विगतमा वृक्षारोपण गरेको विरुवाहरु पनि राम्रै भएको जानकारी दिनुभयो । साथै उहाँले, विहिवार विहान संविधान चोकदेखी य्रालीको आयोजना गरिने, बजार परिक्रमा गरी भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कमा गएर वृक्षारोपण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

विगतका वर्ष झै यो वर्षमा पनि भीमदत्त नगरपालिकाले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै विद्यार्थीहरु, सरोकारवाला निकायहरु, गैरसरकारी संस्थालगायतको उपश्थितीमा वृक्षारोपण गरिने उहाँले बताउनु भयो ।

ईको पार्कमा अहिले विभिन्न गैरसरकारी संस्थाहरु, भीमदत्त नगरपालिका, १८ को वडा कार्यालयले चारैतर्फ घेरबार लगाएपछि पार्क भित्र सामुदायिक पशुचौपायहरु आउन नपाउने भएपछि विरुवाहरु नमर्ने, सुरक्षित रहने देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।

उक्त कार्यक्रमको संचालनमा भीमदत्त नगरपालिकाका विपद फोकल व्यक्ती मनोजप्रशाद भट्टले रहनु भएको थियो ।

सम्बन्धित

Comments are closed.