सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जारी गरेको बुलेटिनमा सुदूरपश्मिका सिमा नाकामा गरिएको परिक्षणमा ३ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीको गौरीफन्टन नाकामा गरिएको कोरोना परिक्षणमा ३ जनामा पोजेटिभ देखिएको हो ।

नेपाल भित्रिएका ७ सय ६० जना मध्ये लक्षण देखिएका ३६ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बुधवार सुदूरपश्चिमका विभिन्न नाकाबाट १ हजार ७१ ज्ना नेपाल भित्रिएका छन ।

सुदूरपश्चिममा अहिले सम्म ६ लाख १६ हजार ३ जनाको एन्टिजेन परिक्षण गरिएको छ । अहिले सम्म ९ हजार ८५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

सम्बन्धित

Comments are closed.