कञ्चनपुरको इतिहासमा पहिलोपटक मन्त्र अस्पतालमा टुटेको मेरुदण्ड ढाडको सफल शल्यक्रिया

महेन्द्रनगर । कञ्चनपुरको इतिहासमा पहिलोपटक मन्त्र अस्पतालमा टुटेको मेरुदण्ड ढाडको सफल शल्यक्रिया भएको छ । जेष्ठ ९ गते बुटवलबाट कञ्चनपुर आउदै गर्दा चलीरहेको बस को ढोका देखी लडेर बेदकोट नगरपालिका १ का ३१ वर्षिय धीरेन्द्र खत्री घाईते हुनुभएको थियो । उहाँलाई तत्काल कोहलपुर मेडिकल कलेज लगेर एमआरआई गर्दा चिकित्सकले मेरुदण्ड टुटेको र अपरेशन गर्ने सल्लाह दिएका थिए । पछि विरामीका आफन्तहरुले महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्डरिसर्च सेन्टरमा पनि विरामीलाई देखाउने भनेर आएपछि जेष्ठ १२ गते अस्पताल पुगेका थिए । डा. दुर्गेश चौधरी, डा . केशव भट्ट, डा. मुकेश गामीलगाएत ओटी टीम ले विरामी खत्रीको सफल शल्यक्रिया गरेका छन् ।

यो कञ्चनपुरमा पहिलो मेरदण्डको सफल शल्यक्रिया भएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बताउनु भयो । अहिले विरामीको अवस्था राम्रो रहेका जानकारी दिनु भयो ।

अहिले मन्त्र अस्पतालमा दैनिक रेडियोलोजी विषेशज्ञद्धारा अल्ट्रासाउण्ड प्रविधीबाट शरिरका भित्री अंग र त्यसमा देखिएका समस्याको सफल उपचार तथा परामर्श सेवाहरु पनि प्रदान गरिरहरेको मन्त्र अस्पतालका निर्देशक डा. गोविन्द रोकायाले बताउनु भयो ।कलेजो, मृगौला, पित्तथैली, पाठेघरको समस्याहरुको पनि उचार हुनृ उहााले बताउनु भयो ।

साथै,एपेनस्कि, थाईराईड, कलर डपलरलगायतका समस्याको उपचार हुने जानकारी दिनु भयो । साथै कञ्चनपुरमै अहिले एनआईसियु सेवा दिईरहेको अस्पतालले नवजात शिशु तथा बालरोग सम्बन्धि सम्पुर्ण सेवा,बच्चाहरुका लागी सघन सेवा –एनआइसियु, पिआईसियु, एसएनसियु सेवा दन्त सेवा, फिजियोथेरापी सेवा, मुख अनुहार तथा बंगरा सेवा,

दिईरहेको अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बताउनु भयो । साथै अस्पतालले अहिले पेट, मुटु छाती विशेषज्ञ जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, हड्डी तथा नशा रोग, महिला तथा प्रसुती सेवा, अल्ट्रासाउण्ड सेवाहरु उपलब्ध गराईरहेको छ ।

साथै नाक,कान,घाँटी दन्त सेवा , मुख, अनुहार तथा बंगरा रोगको पनि उपचार भईरहेको छ । साथै अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, ईन्डोस्कोपी सेवा, ईको, पिटिए, माईनर तथा मेजर शल्यक्रिया पनि भईरहेको छ ।

सम्बन्धित

Comments are closed.